News Category 2073/04/10
बाढीले १२ हजार घर डुवानमा पीडितलाई नुन चिउरा बितरण
दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
सप्तरीको विभिन्न नदी, खोलामा आएको बाढीका कारण जिल्लाको १२ हजार घर डुबानमा परेको छ ।
विगत दुई दिनदेखी लगातार भएको वर्षाका कारण जिल्लाको पन्द्र सय घर पूर्ण रुपमा क्षतिग्रस्त भइसकेको छ भने बाँकी घर डुवानमा परेका छन् ।
दैवी प्रकोप उद्धार समिति सप्तरीका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बलदेव गौतमको नेतृत्वका स्थानिय सुरक्षा प्रमुखहरु, रेडक्रसका पदाधिकारीसहितको टोलीले आइतबार सकरपुरा, रम्पुरा मल्हनिया र बिषहरियाका पीडित परिवारलाई मुरही, चिउरा, भुजिया र नुन वितरण गरेको छ ।
यता जिल्लाको तिलाठी गाविसका स्थानियवासी निरज झाले हालसम्म कुनै पनि सुरक्षा निकाय, प्रशासन, संघसंस्थाका प्रतिनिधिहरु आफूहरुको दुःख बुझ्न नआएको गुनासो गर्नुभएको छ ।
बाढीको कारण डुबानमा सकरपुरा गाविसका ५ सय, बिषहरिया गाविसका २ सय ५०, लौनियाका २ सय, तिलाँठीका ३ सय, लोखरमका २ सय, रम्पुरा मल्हनियाका ७ सय परिवारका घरहरु जलमग्न भएको दैवी प्रकोप उद्धार समिति सप्तरीले जनाएको छ ।
को. बरसाईनका २ सय, कोईलाडीका १ सय, तोपाका १ सय, महदेवा, भगवतपुर र बथनाहाका एक–एक सय, भारदहका १ सय ५०, पोर्ताहाका १ सय, बैरबाका ५०, सप्तकोसी नगरपालिकाको फतेपुरका १ सय, पकरीका ६० घर डुबानमा परेका छन् ।
यस्तै दिघवाका १ सय २५, राजविराज नगरपालिका १० का २ सय, देउरी भरुवाका ५० घर डुबानमा परेको छ । यता आइतबार महुली खोलाको तटबन्ध भत्किँदा सप्तरीको मैनाकडेरी गाविसमा पानी पसेको छ । मैनाकडेरीमा उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी प्रमुख एसपी भिमप्रसाद ढकालले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ