News Category 2073/04/11
कोशी ब्यारेज अन्तराष्ट्रिय आतंकवादीको निशानामा ः भारतीय संचारमाध्यम
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
सुनसरी र सप्तरी जिल्लाको सीमाना छुट्टयाउने कोशी व्यारेज अहिले आतंकवादी हमलाको निशानामा रहेको छ । कोशी ब्यारेज अन्तराष्ट्रिय आतंकवादीहरुको निशानामा रहेको भारतीय संचारमाध्यमहरुले जनाएको छ ।
आतंकवादी संगठनले भारत नेपालको सीमामा रहेको कोशी ब्यारेजलाई ध्वस्त पार्ने धमकी समेत दिएको भारतीय संचारमाध्यम दैनिक जागरण र आजतकले जनाएको छ ।
पूर्वी नेपाललाई जोड्न एक मात्र स्थलमार्गमा सुनसरी र सप्तरी जिल्लाको बीचमा रहेको कोशी ब्यारेजलाई आतंकवादी संगठनले ध्वस्त पार्ने धमकी दिएको समाचार भारतको चर्चित टेलिभिजन आजतकको अनलाइन संस्करण र दैनिक जागरणको अनलाइन संस्करणमा लेखिएको छ ।
यता भारतीय संचारमाध्यमबाट खबर सम्प्रेसन भएपछि भारतको विहार राज्यको सुपौल जिल्लाका डिएम बैजनाथ यादवले सुनसरी र सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई आइएसएसले कोसी व्यारेज भत्काउने चेतावनी दिएकाले भरपर्दौ सुरक्षा व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ ।
यादवको आग्रह पश्चात पूर्वाञ्चल क्षेत्रिय सुरक्षा समितिको बैठक बसेर कोशी ब्यारेजमा सशस्त्र र नेपाल प्रहीको विशेष टोली परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको छ । आइएसले दिएको धम्की पश्चात पूर्वाञ्चल क्षेत्रीय सुरक्षा समितिको आपतकालीन बैठक बसी कोसी ब्यारेजको सुरक्षा व्यवस्था मिलाउन सुनसरीका सुरक्षा प्रमुखलाई निर्देशन दिएको छ ।
यस्तै कोशी ब्यारेजबाट आवत जावत गर्ने सबै सवारी साधनमा कडा निगरानी र चेकजाँच हुन थालेको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापाँगाईका अनुसार कोशी व्यारेजलाई ध्वस्त पार्ने धमही आएदेखि सुरक्षा प्रशासन निकै सजग छ ।
यसअघि दैनिक जागरण अनलाईन संस्करणले आतंकवादीहरुको संगठन आइएसआइएस नेपालको बाटो हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको खुलासा गरेको थियो ।
दैनिक जागरण अनलाइनले नेपाल र बंगलादेशमा लश्कर ए तैयबा, जमात उल मुजाहिदीन र हरकत ए जिहा सक्रिय भएको सनसनीपुर्ण खुलासा गरेको हो । आफ्नो योजनालाई सफल बनाउन ती संगठनहरुले भारतीय माओवादी नक्सलवादीहरुसँग गठजोर गरेको समेत खुलासा गरेको छ । यसैबीच अन्तर्राष्ट्रिय आतंकवादी संगठनको हमला हुन सक्ने आशंकामा कोशी ब्यारेजको सुरक्षामा कडाई गर्न थालिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ