News Category 2073/04/11
बाढीमा डुबेर एक युवक बेपत्ता
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
सप्तरीको को.बरसाईन गाविसस्थित कुशहा टोलमा आएको खाडोको बाढीमा डुबेर एक युवक सोमबार बेपत्ता भएका छन् ।
फेसवार्ड गैसस हनुमाननगर शाखाका कर्मचारी मोरङ्गको जतुवा निवासी अन्दाजी २३ वर्षिय सुदिप यादव किस्ता लिनका लागि जादै गरेको अवस्थामा अचानक बाढीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैबिच बेपत्ता युवकको खोजी कार्य सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा नेपाली सेनाको संयुक्त टोलीले तिव्र रुपमा गरिरहेको सप्तरी प्रहरीका नायव उपरिक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो ।
यता विगत चार दिनदेखी भइरहेको अविरल वर्षाका कारण जिल्लाको दुई दर्जन गाविसमा आएको बाढीका कारण चार हजार परिवारका १२ हजार घर डुवानमा परेको छ ।
यस्तै कोशी नदीको बीच भागमा अवस्थित जिल्लाको गोबरगाढा गाविसमा पूर्ण रुपले डुवानमा परेको छ । अहिले सो गाविस सम्पर्क विहीन भएको छ । त्यहा स्थानियहरुसँग मोबाइल सम्पर्क समेत हुन नसकेको प्रहरीले जनाएको छ ।
बाढीको कारण डुबानमा सकरपुरा गाविसका ५ सय, बिषहरिया गाविसका २ सय ५०, लौनियाका २ सय, तिलाँठीका ३ सय, लोखरमका २ सय, रम्पुरा मल्हनियाका ७ सय परिवारका घरहरु जलमग्न भएको दैवी प्रकोप उद्धार समिति सप्तरीले जनाएको छ ।
को. बरसाईनका २ सय, कोईलाडीका १ सय, तोपाका १ सय, महदेवा, भगवतपुर र बथनाहाका एक–एक सय, भारदहका १ सय ५०, पोर्ताहाका १ सय, बैरबाका ५०, सप्तकोसी नगरपालिकाको फतेपुरका १ सय, पकरीका ६० घर डुबानमा परेका छन् ।
यस्तै दिघवाका १ सय २५, राजविराज नगरपालिका १० का २ सय, देउरी भरुवाका ५० घर डुबानमा परेको छ । यता आइतबार महुली खोलाको तटबन्ध भत्किँदा सप्तरीको मैनाकडेरी गाविसमा पानी पसेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ