News Category 2073/04/12
आफ्नै ८ वर्षिय भाई अपहरण गर्ने तीन पक्राउ
दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
गत विहीबार सप्तरीबाट अपहरणमा परेका एक नाबालकलाई प्रहरीले सकुशल मुक्त गराउन सफल भएको छ ।
अपहरणमा परेका सप्तरीको रौतहट गाविस २ निवासी गंगाई दासका ८ वर्षिय छोरा सिकेन्द्र दासलाई प्रहरीले भारतीय सीमावर्ती क्षेत्रबाट सकुशल मुक्त गराएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले मंगलबार पत्रकार सम्मेलन गरि नाबालक अपहरण गर्ने कार्यमा संलग्न रहेका तीन जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरुमा रौतहट गाविस २ का १८ वर्षिय दिलिप दास, सोही स्थानका १६ वर्षिय जितेन्द्र कुमार दास र १५ वर्षिय अरबिन्द कुमार दास रहेका छन् । जसमध्ये जितेन्द्र सिकेन्द्रका काकाको छोरा हुन ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक भिम ढकालले साउन ६ गते बिहीबार बिहान ११ बजे सिकेन्द्रलाई घर नजिकै खेलिरहेको बेला काकाको छोरा जितेन्द्रले फकाई फुलाई लगेको र त्यसपछि सिकेन्द्रलाई टाँसिएर गाविस कोदरकट्टी लगेको जानकारी दिनुभयो ।
उहाँले कोदरकट्टी सम्म सिकेन्द्रलाई लगिएपछि त्यहा पहिलेदेखी रहेका अरबिन्द र दिलिपले मोटरसाइकलमा बसाई भारतीय सीमावर्ती बजार लौकहा लगेको जानकारी दिनुभयो ।
यता प्रहरी उपरिक्षक ढकालले अपहरण मुक्त भएका सिकेन्द्रका बुबा गंगाई बैदेशिक रोजगारका लागि विदेशमा रहेको र सोही कुराको फाइदा उठाउँदै तीनै जनाले फिरौती स्वरुप १५ लाख माग गरेको जानकारी दिनुभयो ।
प्रहरीले शनिबार बिहान अपहरित सिकेन्द्रलाई भारतीय प्रहरी र नेपाल प्रहरीको सहयोगमा लौकहाबाट मुक्त गराउन सफल भएको जनाएको छ ।
पक्राउ परेका तीनै जना बिरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धि मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ