News Category 2073/04/15
बाँध निर्माण कार्य रोक्ने सहमति
दैनिक समाचारदाता
राजविराज, १४ साउन ।
सप्तरीको तिलाठी गाविसस्थित सीमा क्षेत्रमा बाँध निर्माण सम्बन्धि उत्पन्न विवाद साम्य पार्न नेपाल र भारतका स्थानीय सुरक्षा अधिकारीहरुबीच शुक्रबार बाँध निर्माण रोक्ने मौखिक सहमति भएको छ ।
दुई पक्षीय वार्तामा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम र भारतबाट सुपौल जिल्लाका डिएम वैजनाथ यादव सहितका अधिकारीहरुको सीमापारी कुनौलीमा शुक्रबार सम्पन्न बैठकले उक्त सहमति भएको सप्तरीका प्रहरी उपरिक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
नेपालबाट जल उत्पन्न प्रकोप व्यवस्थापन विभाग र भारतका जनसंशाधन विभागका प्रतिनिधीहरु रहेको संयुक्त टोली गठन गर्ने र त्यसले यथासिघ्र विवादित स्थलको अध्ययन गरी निकासको सुझाव सहितको प्रतिवेदन दिने सहमति समेत भएको छ ।
बाँध सम्बन्धि समस्याको समाधानका लागि दुई देशका केन्द्र स्तरका अधिकारीबीच छलफल गर्ने र त्यसले सीमा स्तम्भ सहित दशगजाको दुरी लगायतका विवादित विषय समेत टुंग्याउने छलफल भएको ढकालले बताउनुभयो ।
नेपाली भूमि डुबानमा पर्ने गरी भारतीय पक्षले दशगजा क्षेत्रमा निर्माण गरेको बाँध स्थानीय नेपालीहरुले भत्काइदिएपछि दुबै पक्षबीच बिहीबार झडप समेत भएको थियो । विवादस्पद बाँध निर्माण क्षेत्र भारतीय सुरक्षाकर्मी र नेपाली सुरक्षाकर्मीले आ–आफ्नो क्षेत्र नियन्त्रणमा लिएका छन् ।
भारतीय पक्षले बाँध निर्माण गर्न सुरु गरेपछि सप्तरीको तिलाठी गाविसका स्थानियहरुले बिहीबार भत्काउँदा भएको झडपमा परी नेपाली पक्षका एक दर्जन घाइते समेत भएका थिए । उक्त झडपमा नेपाली पक्षका तिलाठीका देनारायण यादव, रोशन झा र हर्षवद्र्धन कर्ण गम्भिर घाइते भएका छन् । उनीहरु राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ । भारतीय पक्षधरले उनीहरु दुबैलाई घेराहालेर लाठ्ठी प्रहारबाट घाइते बनाएको प्रत्यक्षदर्शीले जनाएका छन् । उक्त बाँध निर्माण भएपछि खाँडो खोला र वर्षाको पानीले सप्तरीको तिलाठी, रम्पुरा मल्हनिया, सकरपुरा, विषरिहया, कोइलाडी बरसाइनलगायत एक दर्जन गाविस डुबानमा पर्ने तिलाठीवासी झाको भनाई छ । यसअघि गत शनिबार खाँडो खोलामा आएको बाढीका कारण ती गाविसहरु डुवानमा परेको छ । अहिले पनि ती क्षेत्र वरिपरिका हजारौं जनता पीडित भएका छन् ।
गत शनिबार भएको अविरल वर्षापछि नेपाली भूमि डुवानमा पर्ने गरि भारतीय पक्षले पहिले पनि निर्माण गरेको उक्त बाँध खाँडो नदीको बाढीले भत्काइदिएको थियो । सशस्त्र प्रहरीका सुरक्षाकर्मी र स्थानीयहरुले बाँध निर्माण गर्न नदिने भनेपनि सो स्थानमा भारतीय नागरिक तथा प्राविधिकहरुले माथीको आदेश भन्दै पक्कीको बाँध निर्माण गर्न लागेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ