News Category 2073/04/17
दशगजा संरक्षण समितिद्वारा महतोलाई ध्यानाकर्षण
दैनिक समाचारदाता
राजविराज, १६ साउन ।
दशगजा संरक्षण समिति तिलाठीले आईतबार सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
सप्तरीको तिलाठी गाविस नजिकै दशगजामा विवादस्पद बाँध निर्माण स्थलको अवलोकन गर्न आउनु भएका अध्यक्ष महतोलाई समितिका सहसंयोजक निरज मुक्ति सहितकाहरुले सो ध्यानाकर्षण पत्र बुझाएका हुन ।
बुझाईएको ध्यानाकर्षण पत्रमा भारतीयहरुले सीमा क्षेत्रमा पानीको मुहान थुन्ने गरी दशौको अघि बनाएको बाँधका कारण सो क्षेत्रका तिलाठी, लौनिया, सकरपुरा, रम्पुरा मल्हनिया, को.बर्साइन, कोईलाडी सहितका एक दर्जन भन्दा बढी गाविसहरुमा बर्षेनी बाढीले डुबानमा पर्ने गरेको उल्लेख गरिएको छ ।
त्यस्तै तिलाठी हुँदै दशगजा भई भारततर्फ बग्ने गरेको खाँडो नदीको मुल बहाव थुनिएपछि नदीले वालुवा थुपारेर पानी बग्ने मुहान नै बन्द भएको पाँच वर्ष भईसकेको जनाउँदै दशगजा क्षेत्रका नेपाली गाउँलेहरु नदीको मुहान खोलेर पानीको निकास पुर्वत रुपमा गराउनुपर्ने माग गरेपनि सो समस्याप्रति स्थानीय प्रशासनदेखि राज्यसम्म उदासिन रहेको जनाइएको छ ।
यस्तै नेपाल भारतबिच भएको बहुचर्चित कोशी सम्झौता अनुरुप कोशीको सहायक नदी भएको हुनाले खाँडो नदी भारतीय पक्षको जिम्मेवारी समेत रहेपनि समाधानप्रति भारत सरकारपछि पन्छिने गरेको तथा नेपाली प्रशासनको रबैया पनि निकै खेदपुर्ण रहेको जनाईएको छ ।
यस्तै ध्यानाकर्षण पत्रमा सन् १९७४ सालदेखि नै भारतीयहरुले सीमा क्षेत्रमा एकतर्फी रुपमा बाँध निर्माण गर्न थालेको जसका कारण सप्तरीका एक दर्जन गाविसका हजारौ स्थानीयबासीहरु डुबानमा पर्ने भएकोले सो कार्यमा सांसद, सभासद एवं मधेशी नेताहरु समेत मौन रहेको आराप लगाउँदै समस्या समाधानका लागि काठमाण्डौ मार्फत कुटनीतिक पहल तथा भारतीय नेताहरु मार्फत ठोस पहल गर्नुपर्ने माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ