News Category 2073/04/27
भोलीदेखी जिल्ला स्तरिय युवा सम्मेलन
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
सप्तरी जिल्लामा पहिलो पटक युवा सम्मेलन हुन गइरहेको छ । साउन २८ र २९ गते हुने सो सम्मेलनको तयारी बारे बुधबार जिल्लाको बसबिट्टी गाविसस्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
मूल आयोजक समितिको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा जिल्लाको ९१ गाविसका एक महिला र एक पुरुष तथा पाँच नगरपालिकाबाट दुई महिला र दुई पुरुष गरि २ सय २ जना युवाहरुको सहभागिता रहने युवा सम्मेलनका संयोजक श्रवण देवले जानकारी दिनुभयो ।
उहाँले जिल्लाको कुल जनसंख्याको ४० प्रतिशत युवाहरुको राज्यको संयन्त्रमा पहुँच हुन नसकेको बताउँदै ६ प्रतिशत युवाहरु लागु औषधको दुरव्र्यसनीमा लागेको दाबी गर्नुभयो । जिल्लामा बढ्दो बेरोजगारीको समस्याका कारण युवाहरु बिदेश पलयान हुनु दुर्भाग्यपूर्ण रहेको भन्दै संयोजक देवले लोप हुन लागेको संस्कृतिहरुको पुर्नताजगी गराउन पनि सम्मेलनले मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै सम्मेलनले युवाहरुमा आएको चेतनाको कमीलाई समेत न्यूनिकरण गर्न मद्दत पुग्ने बताउँदै उहाँले युवाको समस्या पहिचान समेत सो सम्मेलनबाट हुने जिकिर गर्नुभयो । सो सम्मेलनमा खेलको प्रस्तुतीको माध्यमले युवाहरुलाई प्रोत्साहन गर्ने र काठमाडौंबाट आउने विज्ञहरुबाट प्रशिक्षण दिने जानकारी दिनुभयो ।
युवा सम्मेलनका लागि विभिन्न उपसमिति बनाएर सरकारी, गैरसरकारी तथा व्यक्तिगत सहयोगबाट खर्च जुटाइरहेको जनाउँदै संयोजक देवले उक्त सम्मेलनका लागि १० लाख रकम खर्च हुने बताउनुभयो ।
त्यस्तै सम्मेलनको पुरा तयारी भइसकेको जानकारी दिँदै प्रचार प्रसार विभाग प्रमुख आयुष श्रेष्ठले साउन २८ गते बिहान ७ बजे राजविराज नगरको प्रभातफेरी गरि राजविराजस्थित गजेन्द्र चौकमा ५ सय १ बेलुन उडाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ