News Category 2073/04/27
विवाद मिलाइ दिने भन्दै पचास हजार ठग्ने मुखिया पक्राउ
दैनिक समाचारदाता
राजविराज, २७ असोज ।
विभिन्न प्रलोभन देखाई ठगी गरेको आरोपमा सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको रम्पुरा मल्हनिया ७ बस्ने ४८ वर्षिय श्याम सुन्दर मुखियालाई प्रहरीले पक्राउ गरेको हो ।
रम्पुरा मल्हनिया गाविस वाड न ९ वस्ने नन्कु मुखिया र कोईलाडी गाविस वाड न ७ वस्ने शिब नारायण मुखियाको वादविवाद भई झैझगडा भएकोमा झगडिया शिव नारायण मुखियाको बिरुद्धमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा मुद्दा दर्ता गराई दिन्छु भनि रु पचास हजार रुपैया संकलन गरेका थिए ।
झगडिया नन्कु मुखिया सँग राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालको कम्पाउण्डमा श्याम सुन्दर मुखियाले प्रलोभनमा पारी रु पचास हजार रुपैया ठगी गरेको भन्ने जाहेरीको आधारमा निज मुखियालाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका मुखियालाई ठगी मुद्दामा मुद्दा दर्ता गरी म्याद थप गरि अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
साथै यस्ता दलाली प्रबृति बिरुद्ध सप्तरीका ४८ वटै प्रहरी ईकाईमा चेतनामुलक बोर्ड राखिएको तथा यस किसिमले आफुलाई कसैले ठगी गरेमा तत्काल प्रहरीलाई सुचना गर्न सम्पुर्ण सेवाग्राहीहरुलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले अनुरोध समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ