News Category 2073/04/28
गाजासहित दुई महिला नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
सप्तरी प्रहरीले बिहीबार गाजासहित दुई जना महिलालाई नियन्त्रणमा लिएको छ ।
सप्तरीको बोरिया गाविस ७ स्थित एक चिया पसलबाट लागु औषध गाँजासहित एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले स्थानिय पर्शुराम दासको चिया पसलमा शंकाको आधारमा खानतलासी लिँदा ३ वटा प्लाष्टिकको प्याकेटमा प्याकिङ गरी बेच्न राखेको तयारी गाँजा फेला पारेको जनाएको छ ।
त्यस्तै प्रहरी पसलपछि घरमा समेत छापामार्दा दुई केजी तयारी गाँजा फेला परेको जनाएको छ । यता प्रहरीले पसलमा रहेकी पर्शुरामकी श्रीमती उर्मिला दासलाई आवश्यक अनुसन्धानका लागी नियन्त्रणमा लिएको जनाएको छ भने घरधनी पर्शुराम दास फरार भएकाले निजको खोज तलास कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै प्रहरीले बिहीबारै राजबिराज नगरपालिका ७ बस्ने ज्ञानेन्द्र चौधरीको घरमा शंका लागी चेकजाच गर्ने क्रममा करिब तीन केजी गाजा बरामद गरेको छ ।
बेच्न राखेको तयारी अवस्थामा फेला परेको गाजासहित प्रहरीले निजकी श्रीमती सुमिला देबी चौधरीलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको जनाउँदै घरधनी ज्ञानेन्द्र चौधरी फरार रहेकोले खोजतलास कार्य भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ