News Category 2073/04/28
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रकमबाट दलित बालबालिकालाई राहत बितरण
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रकम तथा स्थानीय कलाकार र पत्रकारहरुको सहयोगमा बिहीबार सप्तरीको दिघवा गाविसका बाढी पीडित दलित बालबालिकालाई लुगा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
मैथिली तथा भोजपुरी सिनेमाकी नायिका डोली सरकार र संचारकर्मी श्यामसुन्दर यादवको समन्वयमा २ सय ५० जना दलित बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो ।
सप्तरीका वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका केन्द्रीय पार्षद् हेमशंकर सिंह, छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप साह, सिएफमका सम्वाददाता विद्यानन्द राम, फिल्म निर्देशक सुर्यनारायण साह ‘बैजु’, कलाकार कल्पना सरकार समेतको कलाकार तथा पत्रकारको टोलीले बालबालिकालाई भेष्ट, फ्रक, कुर्ता–सुरुवाल, कापी, कलम, पेन्सिल, कटर, ईरेजर, चाउचाउ र बिस्कुट वितरण गरेका हुन् ।
यता नायिका डोली सरकारले एनआरएनए एनसीसी साउदी अरबबाट उपाध्यक्ष डम्बर यादव समेतले ३५ हजार, मलेसियाबाट महेन्द्र मल्ल ठकुरी, बाबु केसी, डम्बर नेपाली, दिपक परियार र रबि क्षेत्रीले १५ हजार, कतारबाट हृदयनारायण यादवले ५ हजार रुपैयाँ रकम पठाएका वापतको सो सामाग्रिहरु बितरण गरिएको जानकारी दिएकी छिन् ।
स्थानीयवासिन्दा बुद्धिजिवी एवम् युवाहरुको समन्वयमा आयोजित राहत वितरण कार्यक्रममा पूर्व सभासद् असर्फी सदा, दिघवा गाविसका निवर्तमान अध्यक्ष भूपेन्द्र यादव, अवकाशप्राप्त शिक्षक जगदीश हजरा यादव, राजकुमार मण्डल समेतले विशेष सहयोग गर्नुभएको छ । खाँडो नदीमा आएको बाढीका कारण दिघवाको मुसहर बस्तीका वासिन्दाहरु केही समयकालागि बिस्थापित भएका थिए । बाढी पीडित बालबालिकालाई लक्षित गरी राहत वितरण गरिएपछि दलित बालबालिका उत्साहित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ