News Category 2073/04/28
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रकमबाट दलित बालबालिकालाई राहत बितरण
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रकम तथा स्थानीय कलाकार र पत्रकारहरुको सहयोगमा बिहीबार सप्तरीको दिघवा गाविसका बाढी पीडित दलित बालबालिकालाई लुगा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।
मैथिली तथा भोजपुरी सिनेमाकी नायिका डोली सरकार र संचारकर्मी श्यामसुन्दर यादवको समन्वयमा २ सय ५० जना दलित बालबालिकालाई उक्त सामग्री वितरण गरिएको हो ।
सप्तरीका वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ सप्तरीका केन्द्रीय पार्षद् हेमशंकर सिंह, छिन्नमस्ता एफएमका स्टेशन म्यानेजर शिवप्रताप साह, सिएफमका सम्वाददाता विद्यानन्द राम, फिल्म निर्देशक सुर्यनारायण साह ‘बैजु’, कलाकार कल्पना सरकार समेतको कलाकार तथा पत्रकारको टोलीले बालबालिकालाई भेष्ट, फ्रक, कुर्ता–सुरुवाल, कापी, कलम, पेन्सिल, कटर, ईरेजर, चाउचाउ र बिस्कुट वितरण गरेका हुन् ।
यता नायिका डोली सरकारले एनआरएनए एनसीसी साउदी अरबबाट उपाध्यक्ष डम्बर यादव समेतले ३५ हजार, मलेसियाबाट महेन्द्र मल्ल ठकुरी, बाबु केसी, डम्बर नेपाली, दिपक परियार र रबि क्षेत्रीले १५ हजार, कतारबाट हृदयनारायण यादवले ५ हजार रुपैयाँ रकम पठाएका वापतको सो सामाग्रिहरु बितरण गरिएको जानकारी दिएकी छिन् ।
स्थानीयवासिन्दा बुद्धिजिवी एवम् युवाहरुको समन्वयमा आयोजित राहत वितरण कार्यक्रममा पूर्व सभासद् असर्फी सदा, दिघवा गाविसका निवर्तमान अध्यक्ष भूपेन्द्र यादव, अवकाशप्राप्त शिक्षक जगदीश हजरा यादव, राजकुमार मण्डल समेतले विशेष सहयोग गर्नुभएको छ । खाँडो नदीमा आएको बाढीका कारण दिघवाको मुसहर बस्तीका वासिन्दाहरु केही समयकालागि बिस्थापित भएका थिए । बाढी पीडित बालबालिकालाई लक्षित गरी राहत वितरण गरिएपछि दलित बालबालिका उत्साहित भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
- 2082/08/17 स्थापना दिवसमा पुस्तक प्रदर्शनी
- 2082/08/15 ल्यावमा तोडफोड, एक जना पक्राउ
- 2082/08/15 धान दाउन गराइरहेका पासवानको मोटरसाइकल ठक्करबाट मृत्यु
- 2082/08/15 मझौउमा हरित, सफा तथा सुरक्षित बिद्यालय घोषणा
- 2082/08/14 टे«ड युनियनलाई बलियो बनाउन नयाँ योजनाका साथ अघि बढ्न सुझाव
- 2082/08/14 औषधी ऐन खारेजीका माग गर्दै औषधी ब्यवसायी आन्दोलित
- 2082/08/14 सडक मर्मत सम्भार हुन नसक्दा दिनहुँजसो दुर्घटना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ