News Category 2073/04/32
दुई दिनभित्र बाढीपीडितलाई नगद बितरण गर्ने
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
स्थानीय प्रशासनले सप्तरीमा बाढी आएको तीन साता हुँदा पनि लगत संकलनको काम पूरा गर्न नसक्दा घर भत्किएकाहरु घर बनाउन पाउने राहत रकम अझ पाउन सकेका छैनन् ।
सप्तरीका निमित्त प्रमुख जिल्ला अधिकारी रामेश्वर आचार्यले यसअघि भएको लगत संकलन अनुसारका बाढीपीडित परिवारलाई रकम उपलब्ध गराउन मंगलबारसम्म बैंकबाट निकासा गराई तत्कालै दुई दिनभित्रै रकम उपलब्ध गराउने जानकारी दिनुभयो ।
उहाँले लगत संकलनमा त्रुटि भएपछि पुनः थालिएको लगत संकलन सम्पन्न हुने बित्तिकै केन्द्रीय दैवी प्रकोप उद्धार तथा ब्यवस्थापन समितिसँग माग गरिने र बाढीपीडितलाई उपल्बध गराउने जानकारी दिनुभयो ।
बाढीबाट जिल्लामा पूर्ण क्षति भएका घरहरु ३७ र आंशिक क्षति भएका घरहरु ६ सय ७१ रहेका छन् । जसमा पूर्ण क्षति भएका घरपरिवारलाई रु. १० हजार र आंशिक क्षति भएका घरपरिवारलाई रु. ३ हजार नगद दिने व्यवस्था गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ