News Category 2073/04/32
फोरम नेपालले सहिद सप्ताह मनाउने
दैनिक समाचारदाता
राजविराज, ३१ साउन ।
संघीय समाजवादी फोरम नेपाल सप्तरीले भदौ १ गते भारदहमा तेस्रो मधेश आन्दोलनका प्रथम सहिद राजीव राउतको पूण्यतिथीमा सहिद स्मृति सभा गर्ने भनिएकोमा सो सभा स्थगित गरि सहिद सप्ताह मनाउने निर्णय गरेको छ ।
फोरम नेपालका जिल्ला अध्यक्ष दिनेश कुमार यादवद्वारा सोमबार जारि विज्ञप्तिमा स्मृति सभाको साटो सहिद सप्ताह मनाउने निर्णय गरिएको जनाइएको छ ।
सहिद सप्ताह अन्तरगत भदौं १ गते जिल्लाका सबै प्रमुख चौक तथा बजारहरुमा दीप प्रज्वलन, भदौं २ गते भारदह र विष्णुपुर चौकमा बृक्षारोपन, भदौं ३ गते विपी स्कुल भारदहमा निबन्ध प्रतियोगिता, भदौं ४ गते भारदह अस्पतालमा फलफुल बितरण, भदौं ५ मा भारदहमा शहीद स्मृति सभा, भदौं ६ मा भारदहमा सरसफाई र भदौं ७ मा राजविराजमा रक्तदान गर्ने निर्णय गरेको छ ।
सहिद सप्ताहमा फोरम नेपालका सबै तहका नेता तथा कार्यकर्ताहरुका साथै बुद्धिजिवी, विद्यार्थी, युवा, किसान, पत्रकार, ब्यापारी लगायत आम जनसमुदायलाई सहभागी हुन समेत फोरम नेपाल सप्तरीले आग्रह गरेको छ ।
यस्तै विज्ञप्ति मार्फत मधेशी मोर्चा सप्तरीमा संघीय समाजवादी फोरम नेपाल आबद्ध नरहेको र आयोजक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा नभएकोले फोरम नेपाल एउटै मञ्चमा उपस्थित हुन असमर्थ रहेको समेत जानकारी गराइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ