News Category 2073/10/04
रुपनीमा पूर्व क्षेत्रिय प्रहरी अस्पताल
दैनिक समाचारदाता
राजविराज, ३ माघ ।
नेपाल प्रहरीका प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले सोमबार रुपनीमा पूर्व क्षेत्रिय प्रहरी अस्पतालको उद्घाटन गर्नुभएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर गाविसस्थित रुपनीमा सप्तरीका समाजसेवी जोगेन्द्र भगत तथा उहाँकी पत्नी ठाकोदेवीद्वारा निशुल्क प्रदान गरिएको जग्गामा निर्माण भएको प्रहरी अस्पतालको महानिरिक्षक अर्यालले उद्घाटन गर्नुभएको हो ।
२५ शैयाको अनुमति पाएको उक्त चार तल्ले अस्पतालमा २० कोठा रहेको छ भने हाललाई दुई चिकित्सकसहित १५ कर्मचारी कार्यरत रहेका छन् । अस्पतालमा एक्सरे, अल्ट्रासाउण्ड समेत जडान गरिएको छ ।
भगत दम्पत्तिले करिब २१ करोड मुल्य पर्ने २ विगहा ५ कठ्ठा जग्गा तथा सोमा निर्माणाधीन भवन र २ लाख ५१ हजार नगदसहित २०७३ साउन ७ गते प्रहरीलाई हस्तान्तरण गरेपछि प्रहरीले थप ५१ लाख रकम खर्च गरेर उक्त अस्पताल भवनको निर्माण कार्य सम्पन्न गरेको हो ।
यता अस्पतालमा सर्वसाधारणलाई सरकारी अस्पताल सरह शुल्क लाग्ने छ । सोही कार्यक्रममा प्रहरी महानिरिक्षक अर्यालले भगत दम्पत्तिलाई दोसल्ला तथा कदरपत्र प्रदान गरेर सम्मान समेत गर्नुभयो ।
नेपाल प्रहरी अस्पतालका प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेलले अस्पतालको उद्घाटनसँगै आकस्मिक सेवा प्रारम्भ गरिसकिएको बताउँदै ओपिडी सेवा पनि केहि दिनभित्रै प्रारम्भ गरिने बताउनुभयो ।
राजमार्गसँगै रहेको यस अस्पतालमा दुर्घटना सम्बन्धी विशेष चिकित्सकको व्यवस्था गरिने बताउँदै उनले चाँडै नै सिटि स्क्यान सेवा पनि प्रारम्भ गरिने जानकारी दिनुभयो ।
पूर्व क्षेत्रिय प्रहरी कार्यालयका प्रहरी प्रमुख केशरीराज घिमिरेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतम, सुरक्षा निकायका प्रमुख, विभिन्न राजनैतिक दलका प्रतिनिधी, स्थानीय लगायतको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ