News Category 2073/11/19
दृष्टिबिहीन परिवारका चार जना बालिकालाई निःशुल्क शिक्षा
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
सप्तरीको गम्हरिया प्रवाहा गाविसका पाँच जना दृष्टिबिहीन रहेका परिवारका चार जना बालिकाले निःशुल्क शिक्षा प्रदान गर्ने भएका छन् भने लालनपालन पनि निःशुल्क नै हुने भएको छ ।
सप्तरी युथ नेपालले पहल गरेर दृष्टिबिहीन परिवारका चार जना बालिकालाई काभ्रेको धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कको बाल आश्रयस्थलमा राख्ने व्यवस्था मिलाइएको छ ।
दृष्टिबिहीन परिवारमध्ये शम्भु मण्डलकी ११ बर्षीया छोरी रंजना, १० बर्षीया छोरी सन्तोषी, शिबनारायण मण्डलकी १३ बर्षीया छोरी राधाकुमारी र लक्ष्मण मण्डलकी १० बर्षीया छोरी नितुकुमारीलाई उक्त बाल आश्रय स्थलमा राखेर निःशुल्क लालनपोषण र शिक्षा दिइनेछ ।
दृष्टिबिहीन शम्भु मण्डल, महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ, बाल अधिकृत पुनम चौधरी, सप्तरी युथ नेपालका अध्यक्ष श्रवणकुमार देव, उपाध्यक्ष मोहन यादव, सचिव आयुष श्रेष्ठ, संचारकर्मी सुधा देव, राजविराज नगरपालिकाकी कल्पना देवसहितकाले ती चार जना बालिकालाई बुधबार त्यसतर्फ विदाई गरिएको सप्तरी युथ नेपालका उपाध्यक्ष मोहन यादवले जानकारी दिनुभयो ।
बीरगंजका युवा रमेश साहको अगुवाईमा र सप्तरी युथ नेपालको पहलमा ती बालिकालाई शिक्षा र लालनपालनको व्यवस्था मिलाइएको जनाइएको छ । महिला तथा बालबालिका कार्यालयबाट हुने प्रकृया मिलाएर उनीहरुलाई बाल आश्रयस्थलतर्फ पठाइएको हो ।
यसअघि ती दृष्टिबिहीन परिवारलाई सप्तरी युथ नेपालले कम्बल, नगद तथा बिभिन्न संघ–संस्थाद्वारा राहत समेत प्रदान गरिसकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
- 2082/10/08 डुबेर एक किशोरीको मृत्यु
- 2082/10/07 सप्तरीमा १ सय ५ जनाको उम्मेदवारी दर्ता, दुई राष्ट्रिय अध्यक्षदेखि मधेश प्रदेशका पूर्वमुख्यमन्त्री समेतको उम्मेदवारी
- 2082/10/07 हातहतियार बुझाउन आग्रह
- 2082/10/07 डा. चौधरी सरकारी जागिर छाडेर चुनावी मैदानमा होमिए
- 2082/10/07 पिएम कपमा डाक्नेश्वरी बिजयी
- 2082/10/06 सप्तरीको चारै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण ढंगले उम्मेदवारी दर्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ