News Category 2073/11/21
मोर्चाद्वारा एमाले जिल्ला उपसचिवलाई कालोमसो, सांसद ठाकुरको गाडीमाथी ढुङ्गा प्रहार
दैनिक समाचारदाता
राजविराज, २० फागुन ।
एमालेको मेची–महाकाली अभियानबिरुद्व आन्दोलन घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीका कार्यकर्ताहरुले शुक्रबार बिहान एक एमालेका नेतालाई कालोमोसो दलेका छन् ।
मोर्चाका कार्यकर्ताहरुले राजविराज १ माछा हटियामा एमाले सप्तरीका उपसचिव प्रतापनारायण चौधरीलाई कालोमोसो दलेका हुन् ।
हटियाको माछा हटियामा रहेका एमाले नेता चौधरीलाई घेरेर कालोमोसो दलेको मोर्चाले जनाएको छ । यता चौधरी मोर्चाको निसानामा परेपनि सँगै रहेका जिल्ला सचिव शम्भु यादवसहितकाहरु भागेका थिए ।
यता शुक्रबारै मोर्चाका कार्यकर्ताहरुले राजविराजमा एमालेकी सांसद रन्जु ठाकुरको गाडीमाथी ढुङ्गा प्रहार गरेका छन् । उनीहरुले पानीट्याङ्की रोडमा सो ढुङ्गा प्रहार गरेको बताएको छ । ढुङ्गा प्रहारबाट गाडीमा भने कुनै क्षति नपुगेको जनाइएको छ ।
एमालेलाई मधेशबिरोधीको संज्ञा दिएको मोर्चाले एमालेको कुनै पनि कार्यक्रम मधेशमा हुन नदिने चेतावनी दिइसकेको छ । मोर्चाका जिल्ला संयोजक दिनेश यादवले एमालेबिरुद्व मधेशी जनता नै जागेको बताउनुभएको छ । उहाँले एमालेले बलजफ्ती कार्यक्रम गर्न लागेकाले जनता आक्रोशित भएर कालोमोसो दलेको उहाँको भनाई छ ।
पूर्व निर्धारित कार्यक्रम अनुसार एमालेले बिहिबार घरदैलो कार्यक्रम सुरु गरेको छ भने मोर्चाले पनि कालोे झण्डासहित बिरोध प्रदर्शनलाई नरन्तरता दिएको छ ।
बिहीबारै नेकपा एमाले सप्तरीले मेचीमहाकाली अभियान अन्तरगत प्रचारप्रसार गर्दै घरदैलो कार्यक्रम गरिरहदा मोर्चाले सो कार्यक्रम अवरुद्ध गरेको थियो । एमालेको प्रचारप्रसार कार्यक्रम भइरहँदा मोर्चाले अवरुद्ध गरेपछि केहीक्षण एमाले र मोर्चाका नेता कार्यकर्ताबीच झडप भएको थियो । स्थानिय रंगशाला नजिक एमाले कार्यकर्ता पुगेपछि मोर्चासँग झडप भएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ