News Category 2073/12/22
विद्यालयमा राजनीति नगर्न प्रअको आग्रह
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
सप्तरीको पुरानो पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक अरुण कुमार झाले केही शिक्षकहरुले विद्यालयलाई बदनाम गर्न खोजेको आरोप लगाउनु भएको छ ।
प्रअ झाले सोमबार एक विज्ञप्ति जारि गर्दै विद्यालयका शिक्षकहरु शंकर प्रसाद यादव, बद्री प्रसाद दास र देवानन्द लाल कर्णले विद्यालयको मर्यादालाई समेत ख्याल नगरि बदनाम गर्न खोजेको आरोप लगाउनु भएको हो ।
जारि विज्ञप्ती प्रअ झाले विद्यालयमा आफूखुशी कुनै कार्य नगरेको तथा शिक्षकहरुले लगाएको सम्पूर्ण आरोपहरु निराधार र कपोकल्पित रहेको दाबी गर्नुभएको छ ।
एसइई परीक्षा तथा प्राविधिक कारणले ढिलो भएपनि विद्यालयको अधिकांश बोर्डमा लेखिएको उच्च मावि शब्द हटाइसकिएको जनाउँदै उहाँले नियमित स्टाफ बैठक बस्ने गरेको उल्लेख गर्नुभएको छ ।
जारि विज्ञप्तिमा अनावश्यक रुपमा शिक्षकहरुलाई विद्यालयमा राजनीति नगर्न आग्रह समेत गरिएको छ ।
उहाँले शिक्षकहरुलाई विद्यालयमा राजनीति भन्दा पनि विद्यार्थीहरुको पढाईलाई बढी प्राथमिकता दिई विद्यालयको पुरानो साखलाई जोगाउन सम्पूर्ण शिक्षकसँग आग्रह गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ