News Category 2073/12/22
विद्यालयमा राजनीति नगर्न प्रअको आग्रह
दैनिक समाचारदाता
राजविराज, २१ चैत ।
सप्तरीको पुरानो पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक अरुण कुमार झाले केही शिक्षकहरुले विद्यालयलाई बदनाम गर्न खोजेको आरोप लगाउनु भएको छ ।
प्रअ झाले सोमबार एक विज्ञप्ति जारि गर्दै विद्यालयका शिक्षकहरु शंकर प्रसाद यादव, बद्री प्रसाद दास र देवानन्द लाल कर्णले विद्यालयको मर्यादालाई समेत ख्याल नगरि बदनाम गर्न खोजेको आरोप लगाउनु भएको हो ।
जारि विज्ञप्ती प्रअ झाले विद्यालयमा आफूखुशी कुनै कार्य नगरेको तथा शिक्षकहरुले लगाएको सम्पूर्ण आरोपहरु निराधार र कपोकल्पित रहेको दाबी गर्नुभएको छ ।
एसइई परीक्षा तथा प्राविधिक कारणले ढिलो भएपनि विद्यालयको अधिकांश बोर्डमा लेखिएको उच्च मावि शब्द हटाइसकिएको जनाउँदै उहाँले नियमित स्टाफ बैठक बस्ने गरेको उल्लेख गर्नुभएको छ ।
जारि विज्ञप्तिमा अनावश्यक रुपमा शिक्षकहरुलाई विद्यालयमा राजनीति नगर्न आग्रह समेत गरिएको छ ।
उहाँले शिक्षकहरुलाई विद्यालयमा राजनीति भन्दा पनि विद्यार्थीहरुको पढाईलाई बढी प्राथमिकता दिई विद्यालयको पुरानो साखलाई जोगाउन सम्पूर्ण शिक्षकसँग आग्रह गर्नुभएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ