News Category 2073/12/23
जंगली हात्तीको आक्रमणबाट दुई युवकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २२ चैत ।
सप्तरीको हनुमाननगर बजारमा मंगलबार बिहान जंगली हात्तीको आक्रमणबाट दुई युवकको उपचारका क्रममा मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
कोशी टप्पु बन्यजन्तु आरक्षबाट आएको जंगली हात्तिले हनुमाननगर बजार क्षेत्रमा आतंक मचाउँदा अन्य ५ जनालाई घाइते बनाएको प्रहरीले जनाएको छ ।
हनुमाननगर हात्ति प्रवेश गरेपछि सो हात्तिको आक्रमणमा परेर गम्भिर घाइते भएका हनुमाननगर ४ निवासी १८ वर्षिय रोशन झा र २२ वर्षिय संजय साफीको उपचारका क्रममा धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
हात्तीको आक्रमणबाट हनुमाननगर बजारका संगीत साह, कालीचरण दास, नविना खातुन, ईसाद अली र बसन्त मण्डल घाइते भएका हुन् । घाइतेलाई उपचारका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज भइरहेको छ ।
यता हात्तिले जिल्लाको हनुमाननगरसहित योगिनियाँ, को. बसाईन्, भारदह समेतमा घार तोडफोड गरेको छ भने भारदहस्थित केरा बगानमा समेत हात्तिले क्षति पु¥याएको छ । प्रहरी र स्थानीय बासिन्दाको संयुक्त प्रयासमा हात्तीलाई जंगली क्षेत्र तर्फ धपाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ