News Category 2073/12/27
मुसहर समुदायको उत्थानका लागि राज्य गम्भिर नभए आन्दोलन गर्ने चेतावनी
राजविराज÷मुसहर समुदायको कुलदेवता दिनाभद्रीको स्मृति एंव सम्मानमा सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित जोगिया जाँजर गाउँमा शुक्रबारदेखी तीन दिने दिनाभद्री मेला तथा जन्मोत्सव शुरु भएको छ ।
मेला तथा जन्मोत्सवको एक कार्यक्रमका बीच उद्घाटन गर्दै नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाले मुलुकमा व्यापक परिवर्त भएपनि मुसहर समुदायको जीवनस्तर खासै कुनै सुधार आउन नसकेको गुनासो गर्नुभयो ।
उहाँले सरकारले अझै पनि मुसहर समुदायको उत्थानका लागि गम्भीरता नदेखाए कुनै पनि निर्वाचनमा सहभागि नहुने र आन्दोलनको बाटो रोज्ने चेतावनी समेत दिनुभयो ।
सो अवसरमा सांसद तथा पुर्वमन्त्री उमेश कुमार यादवले मुसहर समुदायका जनानायक दीनाभद्रीलाई राष्ट्रिय विभुती घोषणा गर्न र मुसहर समुदायको उत्थानका लागि आफुले सदनदेखि सरकारसम्म जोडदार रुपमा आवाज उठाउँदै आएको बताउनुभयो ।
यस्तै मुलवासी मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष मो. इस्लामले राज्यको उपेक्षाका कारण मुसहर समुदायका ६५ प्रतिशत जनसंख्या नागरिक्ता र सरकारी सेवा सुविधावाट वञ्चित रहेको जिकिर गर्नुहुदै सरकारलाई दवाव दिन सवै संगठित वन्नुपर्नेमा जोड दिनुभयो ।
मेला महोत्सव आयोजक समितिका अध्यक्ष वद्री सदाको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा सांसद मानपुर चौधरी, पुर्व सभासद असर्फी सदा, शिक्षाविद् डा. विद्यानाथ कोईराला, अधिकारकर्मी तथा दलित अगुवा विनोद कुमार विसुन्खे, पत्रकार विजय मिश्र लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ