News Category 2073/12/27
मुसहर समुदायको उत्थानका लागि राज्य गम्भिर नभए आन्दोलन गर्ने चेतावनी
राजविराज÷मुसहर समुदायको कुलदेवता दिनाभद्रीको स्मृति एंव सम्मानमा सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित जोगिया जाँजर गाउँमा शुक्रबारदेखी तीन दिने दिनाभद्री मेला तथा जन्मोत्सव शुरु भएको छ ।
मेला तथा जन्मोत्सवको एक कार्यक्रमका बीच उद्घाटन गर्दै नेपाल राष्ट्रिय मुसहर संघका केन्द्रीय अध्यक्ष चन्देश्वर सदाले मुलुकमा व्यापक परिवर्त भएपनि मुसहर समुदायको जीवनस्तर खासै कुनै सुधार आउन नसकेको गुनासो गर्नुभयो ।
उहाँले सरकारले अझै पनि मुसहर समुदायको उत्थानका लागि गम्भीरता नदेखाए कुनै पनि निर्वाचनमा सहभागि नहुने र आन्दोलनको बाटो रोज्ने चेतावनी समेत दिनुभयो ।
सो अवसरमा सांसद तथा पुर्वमन्त्री उमेश कुमार यादवले मुसहर समुदायका जनानायक दीनाभद्रीलाई राष्ट्रिय विभुती घोषणा गर्न र मुसहर समुदायको उत्थानका लागि आफुले सदनदेखि सरकारसम्म जोडदार रुपमा आवाज उठाउँदै आएको बताउनुभयो ।
यस्तै मुलवासी मुक्ति पार्टीका केन्द्रिय अध्यक्ष मो. इस्लामले राज्यको उपेक्षाका कारण मुसहर समुदायका ६५ प्रतिशत जनसंख्या नागरिक्ता र सरकारी सेवा सुविधावाट वञ्चित रहेको जिकिर गर्नुहुदै सरकारलाई दवाव दिन सवै संगठित वन्नुपर्नेमा जोड दिनुभयो ।
मेला महोत्सव आयोजक समितिका अध्यक्ष वद्री सदाको अध्यक्षतामा आयोजित उदघाटन समारोहमा सांसद मानपुर चौधरी, पुर्व सभासद असर्फी सदा, शिक्षाविद् डा. विद्यानाथ कोईराला, अधिकारकर्मी तथा दलित अगुवा विनोद कुमार विसुन्खे, पत्रकार विजय मिश्र लगायतले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ