News Category 2073/12/28
कार्यालयहरुको अनुगमनका लागि मोर्चाद्वारा एक सय एक सदस्यीय घुम्ती टोली गठन, एमाले प्रदेश इन्चार्जको घरमा कालो झण्डा
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्थानिय निकायका कार्यालयहरुको अनुगमनका लागि १ सय १ सदस्यीय घुम्ती टोली गठन गरेको छ ।
मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा आइतबार जारि विज्ञिप्तमा स्थानिय निकायका कार्यालयहरुमा एक महिनादेखी तालाबन्दी गरेको अवस्थामा पनि कामकाज भइरहेको भन्ने सूचना पाएको भन्दै बैठकले सो अनुगमन गर्ने निर्णय गरेको जनाइएको छ ।
सरकार र मुख्य दल अझै पनि समस्या समाधान नगरी सिधै निर्वाचनमा जान खोजेको भन्दै संविधान संशोधन नगरी चुनावमा जानु भनेको आन्दोलनको मर्म र मधेशी, आदिवासी, जनजाती, दलित, मुश्लिम, पिछडिएका वर्गको अधिकारलाई कुण्ठित गर्ने ठहर गरिएको छ ।
स्थानीय तह पुर्नसंरचना आयोगले बनाएको स्थानीय तह अवैज्ञानिक रहेको भन्दै विज्ञप्तिमा प्रदेश सरकारद्वारा गराइनुपर्ने स्थानीय तहको निर्वाचन केन्द्र सरकारद्वारा गरिनुले संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाइएको छ ।
संघीयतालाई समाप्त पार्न खोजिएको विरुद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा निरन्तर आन्दोलनमा रहेको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, “निर्वाचन मुलुकलाई चाहिएको छ । र, हामीलाई पनि चाहिएको छ । तर समस्या समाधान नगरी गरिने निर्वाचनले मुलुकलाई शान्ति बनाउनुभन्दा पनि अशान्तितर्फ धकेलिने हाम्रो ठहर छ । हामी पहिला संविधान संशोधन होस् भन्ने चाहन्छौं । अर्काे कुरा अवैज्ञानिक तरिकाले बनाइएको स्थानीय निकायलाई सच्चयाउँदै जनसंख्याको आधारमा निर्माण गरिनुपर्ने आवश्यक देखिएको छ ।”
सरकारले समस्याहरु समाधान नगरि एक्कासी चुनाव गराउन खोजेकोले मोर्चाले स्थानीय निकायका कार्यालयहरुमा तालाबन्दी गरेको जनाइएको छ ।
साथै विज्ञप्तिमा ताला लगाइएको अवस्थामा कामकाज नगर्न, नगराउन मोर्चा सम्बन्धित निकायका प्रमुख र कर्मचारीहरुसँग अनुरोध गर्दै सो आग्रहलाई वेवास्ता गरिए त्यसबाट हुने परिणामको जवाफदेही स्वयं सरकारी निकाय नै हुने अवगत गराएको छ ।
एमाले प्रदेश इन्चार्जको घरमा कालो झण्डा
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गठन गरेको घुम्ती टोलीद्वारा आइतबार जिल्लाको सप्तकोशी गाउँपालिका अन्तरगत कमलपुरस्थित नेकपा एमाले प्रदेश नं. २ का इन्चार्ज सत्यनारायण मण्डलको घरमा कालो झण्डा गाडेका छन् ।
मोर्चाले आइतबारै स्थानिय निकायका कार्यालयहरुको अनुगमनका लागि गठन गरेको १ सय १ सदस्यीय घुम्ती टोली जिल्लाको क्षेत्र नं. १ र २ मा अनुगमनका लागि गएको थियो ।
सो घुम्ती टोलीले कंचनरुप नगरपालिकास्थित नगरपालिकाको कार्यालयमा कालो भण्डा गाडेका छन् भने सोही टोलीले साविक सप्तकोशी नगरपालिका कार्यालय समेतमा कालो झण्डा गाडेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ