News Category 2073/12/28
कार्यालयहरुको अनुगमनका लागि मोर्चाद्वारा एक सय एक सदस्यीय घुम्ती टोली गठन, एमाले प्रदेश इन्चार्जको घरमा कालो झण्डा
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले स्थानिय निकायका कार्यालयहरुको अनुगमनका लागि १ सय १ सदस्यीय घुम्ती टोली गठन गरेको छ ।
मोर्चाका संयोजक दिनेश कुमार यादवद्वारा आइतबार जारि विज्ञिप्तमा स्थानिय निकायका कार्यालयहरुमा एक महिनादेखी तालाबन्दी गरेको अवस्थामा पनि कामकाज भइरहेको भन्ने सूचना पाएको भन्दै बैठकले सो अनुगमन गर्ने निर्णय गरेको जनाइएको छ ।
सरकार र मुख्य दल अझै पनि समस्या समाधान नगरी सिधै निर्वाचनमा जान खोजेको भन्दै संविधान संशोधन नगरी चुनावमा जानु भनेको आन्दोलनको मर्म र मधेशी, आदिवासी, जनजाती, दलित, मुश्लिम, पिछडिएका वर्गको अधिकारलाई कुण्ठित गर्ने ठहर गरिएको छ ।
स्थानीय तह पुर्नसंरचना आयोगले बनाएको स्थानीय तह अवैज्ञानिक रहेको भन्दै विज्ञप्तिमा प्रदेश सरकारद्वारा गराइनुपर्ने स्थानीय तहको निर्वाचन केन्द्र सरकारद्वारा गरिनुले संघीयता समाप्त पार्ने षड्यन्त्र भइरहेको आरोप लगाइएको छ ।
संघीयतालाई समाप्त पार्न खोजिएको विरुद्ध संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा निरन्तर आन्दोलनमा रहेको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, “निर्वाचन मुलुकलाई चाहिएको छ । र, हामीलाई पनि चाहिएको छ । तर समस्या समाधान नगरी गरिने निर्वाचनले मुलुकलाई शान्ति बनाउनुभन्दा पनि अशान्तितर्फ धकेलिने हाम्रो ठहर छ । हामी पहिला संविधान संशोधन होस् भन्ने चाहन्छौं । अर्काे कुरा अवैज्ञानिक तरिकाले बनाइएको स्थानीय निकायलाई सच्चयाउँदै जनसंख्याको आधारमा निर्माण गरिनुपर्ने आवश्यक देखिएको छ ।”
सरकारले समस्याहरु समाधान नगरि एक्कासी चुनाव गराउन खोजेकोले मोर्चाले स्थानीय निकायका कार्यालयहरुमा तालाबन्दी गरेको जनाइएको छ ।
साथै विज्ञप्तिमा ताला लगाइएको अवस्थामा कामकाज नगर्न, नगराउन मोर्चा सम्बन्धित निकायका प्रमुख र कर्मचारीहरुसँग अनुरोध गर्दै सो आग्रहलाई वेवास्ता गरिए त्यसबाट हुने परिणामको जवाफदेही स्वयं सरकारी निकाय नै हुने अवगत गराएको छ ।
एमाले प्रदेश इन्चार्जको घरमा कालो झण्डा
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले गठन गरेको घुम्ती टोलीद्वारा आइतबार जिल्लाको सप्तकोशी गाउँपालिका अन्तरगत कमलपुरस्थित नेकपा एमाले प्रदेश नं. २ का इन्चार्ज सत्यनारायण मण्डलको घरमा कालो झण्डा गाडेका छन् ।
मोर्चाले आइतबारै स्थानिय निकायका कार्यालयहरुको अनुगमनका लागि गठन गरेको १ सय १ सदस्यीय घुम्ती टोली जिल्लाको क्षेत्र नं. १ र २ मा अनुगमनका लागि गएको थियो ।
सो घुम्ती टोलीले कंचनरुप नगरपालिकास्थित नगरपालिकाको कार्यालयमा कालो भण्डा गाडेका छन् भने सोही टोलीले साविक सप्तकोशी नगरपालिका कार्यालय समेतमा कालो झण्डा गाडेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ