News Category 2070/08/17
एचआईभी संक्रमणका कारण सप्तरीमा १७ जनाको मृत्यु
दैनिक संवाददाता
राजविराज, १६ मंसिर ।
२६ औं विश्व एड्स दिवसको अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले आईतवार बिभिन्न कार्यक्रमको आयोजना गरि मनाएको छ ।
“एचआइभीको नयाँ सङ्क्रमण, भेदभाव र एड्सबाट हुने मृत्युलाई शून्यमा पु¥याऔँ” नाराका साथ २६ औँ विश्व एड्स दिवस आइतबार राजविराजमा चेतनामूलक कार्यक्रम गरी मनाइयो ।
जिल्ला जनस्वास्थ्य कार्यालय अगाडीबाट निष्केको चेतनामुलक ¥याली नगरको बिभिन्न भागको परिक्रममा गरि जिविस सभाहलमा पुगेर अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
आयोजित कार्यक्रममा जिल्ला एचआइभी एड्स समन्वय समितिका कार्यक्रम संयोजक बिष्णुकान्त देवले सप्तरीमा एचआईभी संक्रमणका कारण १७ जनाको मृत्यु भईसकेको जानकारी दिनुभयो ।
आर्थिक बर्ष २०६८÷०६९ सम्म १२ जना एचआइभी संक्रमितको मृत्यु भएकोमा आर्थिक बर्ष २०६९÷०७० मा थप पाँच जनाको मृत्यु भएको उहाँले बताउनुभयो ।
उहाँले मृत्यु भएका १२ जना मध्ये ६ जना पुरुष, पाँच जना महिला र एक जना तेस्रो लिङ्गी रहेको जानकारी दिनुभयो ।
सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख बिजय कुमार झाले बढ्दो बैदेशिक रोजगारी, असुरक्षित यौन सम्पर्क लगायतका कारणले एचआईभी एड्स संक्रमितको संख्या बढ्दै गएको बताउनुभयो ।
कार्यक्रममा सहायक प्रजिअ प्रेमसिंह कुँवरले सरकारले लगानी पर्याप्त गरेपनि सम्भव नभएकाले सबैको सहयोगको अपेक्षा गर्नुभयो ।
नेपाल परिवार नियोजन सङ्घका प्रमुख लक्ष्मण पौडेलले एचआइभी सङ्क्रमण जीवनको अन्त नभई साहसिक जीवनको सुरुवात हो भन्ने सन्देश दिन आवश्यक छ भन्नुभयो ।
एचआइभी एड्स लुकाउने प्रवृत्ति रहेकाले सङ्क्रमितको सङ्ख्या निकै बढी हुन सक्ने परिवार नियोजन सङ्घका बिनोद गुप्ताले बताउनुभयो ।
सन् १९८८ मा नेपालमा पहिलोपटक देखापरेको एचआइभी र एड्सबाट अहिलेसम्ममा ४८ हजार ६०० सङ्क्रमित देखिएको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको तथ्याङ्कले देखाएको छ ।
वैदेशिक रोजगारी, खुला सिमाना, असुरक्षित यौनसम्बन्ध, गरिबी, अशिक्षा, चेतना कमीका कारण सप्तरी जिल्ला खतरायुक्त रहेकाले सचेतना अपनाउनु जरुरी रहेको सहयोगी समाजका देवनारायण चौधरीले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/19 लालपूर्जा माग्दै दोश्रो दिन पनि नगरपालिकामा तालाबन्दी जारी, जिल्ला प्रशासन कार्यालय घेराउ
- 2083/02/19 पारिश्रमिक वृद्धिको माग गर्दै मजदुरहरुद्वारा प्रदर्शन
- 2083/02/19 महोत्तरी र पर्सा बिजयी
- 2083/02/18 नेपालकै पहिलो टाउन प्लानिङ राजविराज नगरपालिका , दशकौदेखी बसोवास गर्दै आएका नगरवासीले लालपूर्जा माग्दै प्रदर्शन पश्चात् गरे पालिकामा तालाबन्दी
- 2083/02/18 हरचवाचरवाद्वारा सप्तरीसहित मधेशका ८ वटै जिल्लामा एकै साथ मागपत्र पेश
- 2083/02/18 बारा १० विकेटले बिजयी
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ