News Category 2070/09/06
न्यायका लागि बृद्ध साह प्रहरी कार्यालय अगाडी अनसनमा
दैनिक संवाददाता
राजविराज, ५ पुस ।
पारिवारिक बिवादका कारण घर निकाला गरिएका एक बृद्धले इलाका प्रहरी कार्यालय रुपनी अगाडी शुक्रवारदेखि अनसन शुरु गरेका छन् । आफ्नै श्रीमती तथा तीन छोराहरुबाट घर निकाला गरिएका सप्तरीको रायपुर गाविस ८ निवासी ६४ वर्षिय रामप्रसाद साह तेलीले इलाका प्रहरी कार्यालय अगाडी ठेला गाडीमा अनसन शुरु गरेको हो ।
व्यापार गर्नका लागि रकम माग गर्दा श्रीमती र छोराहरुले कुटपिट गरी घर निकाला गरको भन्दै साहले व्यापार गर्न आफैले बनाएको ठेला गाडीमा अनसन बसेको बसेको छ । न्याय नपाएसम्म अनसनलाई जारी राख्ने साहले जानकारी दिनुभयो । रुपनी बजारमा डेरा भाडा लिएर बस्दै आउनु भएका साह आफ्नै पत्नी र छोराहरुबाट घर निकालामा परेपछि जिवन गुजारा गर्न समेत समस्या भएको साहको भनाई छ । आफुले कमाएर ल्याएको ३१ हजार रुपैयाँ समेत श्रीमति र छोराहरुले नदिई उल्टै कुटपिट गरि आफुलाई घर निकाला गरेको साहले बताउनुभयो ।
रकम असुल उपर र आफ्नै परिवारले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय रुपनीमा गत असोज महिनामा उजुरी दर्ता गराएपछि इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवले दुबै पक्षलाई बोलाएर छलफल गर्दा मंसिर मसान्तसम्म ३१ हजार रुँपैया दिलाउने सहमति समेत भएको साहको कथन छ । तर मंसिर बितिसक्दा समेत हालसम्म रकम नपाएको भन्दै गत बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दिएपछि सहायक प्रजिअ प्रेम सिंह कुँवरले के, कुन कारणले सहमति भए अनुसार रकम नपाएको कारण पेश गर्न इलाका प्रहरी कार्यालय रुपनीलाई आदेश दिइएको छ । यसैबिच साहका छोरा आनन्द साहले आफ्ना भाई जितेन्द्र बिहीवार मात्रै बैदेशिक रोजगारका लागि मलेसिया प्रस्थान गरेकाले एक महिनाभित्र बुवाको सम्पुर्ण रकम फिर्ता गरेको बिश्वास दिलाउनुभयो ।
यता इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवले रामप्रसादका लागि पहल गरिरहेको जानकारी दिदै अनसन तोडाउने प्रयास गरिरहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ