News Category 2070/09/06
न्यायका लागि बृद्ध साह प्रहरी कार्यालय अगाडी अनसनमा
दैनिक संवाददाता
राजविराज, ५ पुस ।
पारिवारिक बिवादका कारण घर निकाला गरिएका एक बृद्धले इलाका प्रहरी कार्यालय रुपनी अगाडी शुक्रवारदेखि अनसन शुरु गरेका छन् । आफ्नै श्रीमती तथा तीन छोराहरुबाट घर निकाला गरिएका सप्तरीको रायपुर गाविस ८ निवासी ६४ वर्षिय रामप्रसाद साह तेलीले इलाका प्रहरी कार्यालय अगाडी ठेला गाडीमा अनसन शुरु गरेको हो ।
व्यापार गर्नका लागि रकम माग गर्दा श्रीमती र छोराहरुले कुटपिट गरी घर निकाला गरको भन्दै साहले व्यापार गर्न आफैले बनाएको ठेला गाडीमा अनसन बसेको बसेको छ । न्याय नपाएसम्म अनसनलाई जारी राख्ने साहले जानकारी दिनुभयो । रुपनी बजारमा डेरा भाडा लिएर बस्दै आउनु भएका साह आफ्नै पत्नी र छोराहरुबाट घर निकालामा परेपछि जिवन गुजारा गर्न समेत समस्या भएको साहको भनाई छ । आफुले कमाएर ल्याएको ३१ हजार रुपैयाँ समेत श्रीमति र छोराहरुले नदिई उल्टै कुटपिट गरि आफुलाई घर निकाला गरेको साहले बताउनुभयो ।
रकम असुल उपर र आफ्नै परिवारले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय रुपनीमा गत असोज महिनामा उजुरी दर्ता गराएपछि इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवले दुबै पक्षलाई बोलाएर छलफल गर्दा मंसिर मसान्तसम्म ३१ हजार रुँपैया दिलाउने सहमति समेत भएको साहको कथन छ । तर मंसिर बितिसक्दा समेत हालसम्म रकम नपाएको भन्दै गत बुधबार जिल्ला प्रशासन कार्यालय सप्तरीमा निवेदन दिएपछि सहायक प्रजिअ प्रेम सिंह कुँवरले के, कुन कारणले सहमति भए अनुसार रकम नपाएको कारण पेश गर्न इलाका प्रहरी कार्यालय रुपनीलाई आदेश दिइएको छ । यसैबिच साहका छोरा आनन्द साहले आफ्ना भाई जितेन्द्र बिहीवार मात्रै बैदेशिक रोजगारका लागि मलेसिया प्रस्थान गरेकाले एक महिनाभित्र बुवाको सम्पुर्ण रकम फिर्ता गरेको बिश्वास दिलाउनुभयो ।
यता इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सुरेन्द्र यादवले रामप्रसादका लागि पहल गरिरहेको जानकारी दिदै अनसन तोडाउने प्रयास गरिरहेको बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ