News Category 2070/09/08
सप्तरीमा २ सय ५० उम्मेदवार मध्ये १९ जना उम्मेदवारले मात्र खर्च बिवरण बुझाए
दैनिक संवाददाता
राजविराज, ७ पुस ।
संबिधानसभा निर्वाचनको परिणाम घोषणा भएको ३६ दिनभित्र चुनावमा भएको खर्च बिवरण निर्वाचन कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रहेपनि सप्तरीमा २ सय ३१ जना उम्मेदवारहरुले अझै निर्वाचनको खर्च बिवरण पेश गरेका छैनन् ।
विभिन्न दल र स्वतन्त्र गरी २ सय ५० जना उम्मेदवारहरुले भाग लिएपनि निर्वाचन सम्पन्न भएको एक महिना तीन दिन बितिसक्दा पनि एक स्वतन्त्र सहित १९ जना उम्मेदवारले मात्र निर्वाचन खर्च बिवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
क्षेत्र नम्बर ६ बाट बिजयी हुनुभएका नेपाली काँग्रेसका सुरेन्द्र प्रसाद यादव, सोही क्षेत्रमा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट उम्मेदवार बन्नुभएका मृगेन्द्र कुमार सिंह यादव, उहाँका भाई तथा मधेशी जनअधिकार फोरम नेपालका उम्मेदवार अनिरुद्ध कुमार सिंह यादव, दलित जनजाती पार्टीका उम्मेदवार मो. इस्लाम र सद्भावना पार्टीकी उम्मेदवार ललितादेवी लता यादवले निर्वाचनमा आफुले गरेको खर्चको बिवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सप्तरी क्षेत्र नम्बर ३ मा तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका जयप्रकाश ठाकुर, राष्ट्रिय मधेश समाजवादी पार्टीका केशब झा, नेपाल परिवार दलका सन्तोष कमार दास, संघीय सद्भावना पार्टीका अमरनाथ यादव र स्वतन्त्र उम्मेदवार फुदन लाल खंग खत्बेले चुनावी खर्च बिवरण पेश गर्नुभएको छ ।
त्यस्तै सप्तरी क्षेत्र नम्बर १ मा सद्भावना पार्टीका तर्फबाट उम्मेदवार बन्नुभएका राजकुमार यादव, क्षेत्र नम्बर २ मा नेपाल परिवार दलका तर्फबाट उम्मेदवार बन्नुभएका शिबप्रसाद मण्डल, समाजवादी जनता पार्टीका शैलेन्द्र कुमार सिंह, जनता दल लोकतान्त्रिक पार्टीका योगेन्द्र शर्मा सुतिहार, क्षेत्र नम्बर ४ मा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट चुनाव लड्नु भएका सत्यनारायण यादव, दलित जनजाती पार्टीका चुल्हाई मण्डल धानुक, समाजवादी जनता पार्टीकी उषादेवी माझी, नेपाल परिवार दलका जगदीश प्रसाद यादव र क्षेत्र नम्बर ५ मा राष्ट्रिय मधेश समाजवादी पार्टीबाट उम्मेदवार बन्नुभएका हरेकृष्ण भगतले मात्र चुनावी खर्च बिवरण पेश गरेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ ।
सप्तरीको क्षेत्र नम्बर १ मा ४३ जना, क्षेत्र २ मा ५१ जना, क्षेत्र नम्बर ३ मा ४४ जना, क्षेत्र नम्बर ४ मा ४२ जना, क्षेत्र नम्बर ५ मा ३७ जना र क्षेत्र नम्बर ६ मा ३३ जना उम्मेदवारहरुले संबिधानसभा निर्वाचनमा प्रतिष्पर्धा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ