News Category 2070/09/14
चिसोका कारण सप्तरीमा एक जनाको मृत्यु, बिरामीको संख्या बढ्यो
राजविराज÷बिगत एक सातादेखि बढेको अत्यधिक चिसोका कारण सप्तरीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको नकटी रायपुर गाविस ८ निवासी ६५ बर्षीय रघुनाथी यादव रहेका छन् ।
अत्यधिक चिसोका कारण बिहीवार राती यादवको घरमै कठ्याङिग्रएर मृत्यु भएको स्थानियवासीले जानकारी दिएका छन् । मंसीरको अन्तिम साताबाट सुरु भएको चिसो क्रमशः बढ्दैै जाँदा जिल्लाको जनजीवन प्रभावित भएका छन् भने स्थानियहरु बिरामी पर्न थालेका छन् ।
चिसोका कारण बर्षेनी सप्तरीमा सर्वसाधनहरुको मृत्यु हुने गरेको छ । गत बर्ष मात्र सप्तरीमा चिसोका कारण कठ्याङिग्रएर ३३ जनाको मृत्यु भएको थियो ।
बाक्लो हुस्सु र चिसो हावाका कारण बस्तीहरूमा रुघा, खोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् । सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा ग्रामिण भेगका सरकारी स्वास्थ्य संस्थाहरूमा अहिले बिरामीको चाप निक्कै बढेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
दुधे बालक देखि ६० बर्षसम्मका बृद्धबृद्धाहरु रुघा खोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाँ लगायतको प्रकोबाट पिडीत भएका छन् ।
यता पछिल्ला पाँच दिनयता चिसो झनै बढेपछि सदरमुकाम र जिल्लाका अन्य बजार क्षेत्रमा चहलपहल र आवागमन निक्कै पातलिएको छ भने सरकारी कार्यालयहरुमा सेवाग्राहीहरुको संख्या ह्वातै घटेको छ ।
दिनभरी घाम नलागेपछि सदरमुकाम राजविराजसहित ग्रामिण भेगका बिद्यालयहरुमा बिद्यार्थीहरुको संख्या घटेको शिक्षकहरु बताउँछन् ।
चिसोका कारण बिरामी परेका दैनिक करिब २० देखि २५ सम्म उपचारका लागि आउने गरेको गजेन्द्र नारायण सिंह अस्पालका मेसु डा. शैलेश झा बताउनुहुन्छ ।
यसैगरि चिसो बढेपछि स्थानिय प्रशासनले सप्तरी सदरमुकाम राजविराजका बिभिन्न स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ ।
सर्वसाधारणको बढी चहलपहल हुने रुपनी बस स्टेण्ड, मिनिमार्कट, गजेन्द्र चौक, जनआन्दोलन चौक, अस्पताल प्राङगणमा आगो ताप्न दाउरा उपलब्ध गराएको सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ