News Category 2070/09/15
संविधान निर्माणमा दलहरु जुट्नुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, १४ पुस ।
संबिधान निर्माणमा दलहरुलाई जुट्नुपर्ने आइतबार राजविराजमा आयोजित कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
लोकतान्त्रिक स्वतन्त्र तथा मानवअधिकार संस्था (डिफ्रो) को सहयोगमा क्रेस नेपाल सप्तरीले राजविराजमा आयोजना गरेको ‘‘नयाँ संबिधान निर्माणका अवसर र चुनौति” बिषयक संवाद कार्यक्रममा सहभागि बक्ताहरुले दलका नेताहरुलाई संबिधान निर्माणमा जवाफदेही बनाउन नागरिक अगुवाहरुले सशक्त भुमिका खेल्नुपर्ने औल्याएका छन् ।
कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका पुर्व सदस्य तथा मानव अधिकारकर्मी सुशिल प्याकुरेलले जनताले दलहरुलाई सरकार बनाउन नभई संबिधान निर्माणका लागि मत दिएकाले संबिधान निर्माणमा केन्द्रीत हुन दलहरुलाई आग्रह गर्नुहुँदै निर्वाचन परिणाम आएको २१ दिनभित्र संबिधानसभाको बैठक बस्नुपर्ने भएपनि दलहरुको गैरजिम्मेवारीका कारण त्यसो हुन नसकेको प्रति दुख ब्यक्त गर्नुभयो ।
कार्यक्रममा राजनीतिक बिश्लेषक डम्बर खतिवडाले काँग्रेस र एमालेले एनेकपा माओवादी र राप्रापा नेपाललाई मात्र प्रतिपक्षमा राखेर अन्य दलहरुलाई पनि सत्ता साझेदारीमा सहभागि गराएर अघि बढे संबिधान निर्माण सहजता आउने बताउनुभयो ।
कार्यक्रममा डिफ्रोका अध्यक्ष तथा अधिबक्ता ओमप्रकाश अर्याल, नेकपा एमाले सप्तरीका अध्यक्ष गोबिन्द न्यौपाने, पुनराबेदन अदालत वार राजविराजका अध्यक्ष महेन्द्र प्रसाद चौधरी, जिल्ला अदालत वार एशोसिएशन राजविराजका अध्यक्ष कृपा नारायण यादव, मैथिल महिला परिषद् सप्तरीका पुर्व अध्यक्ष मिना ठाकुर, अवकाश प्राप्त शिक्षिका मञ्जु श्रेष्ठ, बरिष्ठ पत्रकार शिबहरि भट्टराई लगायतले बोल्नुभयो ।
क्रेस नेपालका राजेश लोहनीद्वारा सञ्चालित कार्यक्रममा अधिवक्ता तथा उपप्राध्यापक भानुभक्त निरौलाले नयाँ संबिधान निर्माणका चुनौति बिषयक कार्यपत्र प्रस्तुत गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/23 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै सरकारी कार्यालय र पालिका बन्द
- 2082/08/23 अझै फेला परेनन् एक सय ११ जना बालबालिका, महिला तथा ज्येष्ठ नागरिक
- 2082/08/22 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग गर्दै आज कार्यालय बन्दको घोषणा
- 2082/08/22 माइक्रोबस रुखमा ठोकियो, ठूलो दुर्घटनाबाट जोगियो
- 2082/08/22 महिला हिंसाविरुद्ध १६ दिने अभियानमा ¥याली
- 2082/08/21 आन्तरिक राजश्व कार्यालय स्थापनाको माग राख्दै धर्ना
- 2082/08/21 २८ बुँदे माग राखी जसपाद्वारा धर्ना
- 2082/08/21 स्थानीय नीति सहितको निर्देशिका सार्वजनिक
- 2082/08/20 सप्तरीमा आन्तरिक राजशव कार्यालयको स्थापनाको माग गर्दै धर्नादेखी सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ