News Category 2070/09/16
विद्युत चुहावट गर्ने १० पक्राउ
दैनिक संवाददाता
राजविराज, १५ पुस ।
हुकिङ गरि बिद्युत चोरी गरेको आरोपमा बिद्युत प्राधिकरणको टोलीले सप्तरीको नकटी रायपुर र कटैया गाविसबाट १० जनालाई पक्राउ गरेको छ ।
बिद्युत प्राधिकरण कार्यालय राजविराजबाट खटिएको चुहाबट नियन्त्रण टोलीले बिद्युत चोरी गरेको आरोपमा नकटी रायपुर गाविसबाट ७ जना र कटैया गाविसबाट ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नकटी रायपुर गाविस निवासी बच्चालाल यादव, राजनारायण ठाकुर, धनीलाल यादव, रामप्रसाद राम, बुधाई यादव, जुगेश्वर यादव, उपेन्द्र कुमार राम, कटैया गाविसका सुर्यनारायण साह, भोली साह र बुधसेन साह रहेको बिद्युत प्राधिकरण कार्यालय राजविराजले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट दुई थान सिंचाई मोटर समेत बरामद गरेको जनाएको छ ।
पक्राउ परेका सबैलाई रु. ५ हजार नगद जरिवाना तिराएर छाडिने बिद्युत प्राधिकरण कार्यालय राजविराजका प्रमुख शम्भु कुसियैतले जानकारी दिनुभयो ।
यसअघि आईतवार बिद्युत प्राधिकरणको टोलीले सप्तरीको झुटकीबाट उद्योग मोटरसहित तीन जनालाई पक्राउ गरेको थियो ।
बिद्युत चुहाबट नियन्त्रणका लागि जिल्लामा अभियान सञ्चालन गरेपछि हुकिङ गरेर बिद्युत चुहाबट गर्नेहरु पक्राउ पर्न थालेको प्रमुख कुसियैतको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/13 हामी विरुद्ध भ्रम र भूmठो कुरा पैmलाइयो ः प्रदेशसभा सदस्य साह
- 2082/07/13 प्रहरीमाथि हातपात र ढुंगा प्रहार गर्ने तीन पक्राउ
- 2082/07/12 सडक निर्माणको माग गर्दै स्थानीय यूवाद्वारा बाटो अवरुद्ध
- 2082/07/11 विभिन्न व्यक्तिलाई धम्की र डरत्रास देखाई रकम असुल्ने पक्राउ
- 2082/07/11 उदाउँदो सूर्यलाई अघ्र्य दिँदै छठ सम्पन्न
- 2082/07/11 अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण, आज उदाउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 संविधान संशोधन गरेर मात्र निर्वाचन गरे उचित हुने ः डा. राउत
- 2082/07/09 आज अस्ताउँदो सूर्यलाई अर्घ दिइदै
- 2082/07/09 सबल नेपालको २० औं साधारणसभा सम्पन्न
- 2082/07/08 छठ पर्वको चहल पहल सुरु, आज नहाय खाय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ