News Category 2070/09/18
माछा नदिएको निहु“मा कुटपिट गर्दै श्रीमान्लाई पक्राउ गरेको आरोप
दैनिक संवाददाता
राजविराज, १८ पुस ।
माछा नदिएको निहुँमा को. बर्साइन प्रहरी चौकीका प्रहरी नायव निरीक्षकसहितका प्रहरीले आफ्ना श्रीमानलाई कुटपिट गर्दै पक्राउ गरेको सप्तरीको को. बसाईन गाविसकी एक महिलाले आरोप लगाइएकी छिन् ।
को. बर्साइन प्रहरी चौकीका प्रहरी नायव निरीक्षक टिकाबहादुर राउतको नेतृत्वमा बुधवारराती आएका प्रहरीको टोलीले माछा किन नदिएको भन्दै आफ्ना श्रीमान्लाई कुटपिट गर्दै पक्राउ गरेको को.बसाईन गाविस–८ निवासी जिवछीदेवी मण्डलले बिहीवार राजविराजमा सञ्चारकर्मी र मानवअधिकारर्की समक्ष आरोप लगाएकी हुन् ।
राती करिब १० बजेतिर सई राउतको नेतृत्वमा आफ्नो घर आएको प्रहरी टोलीले शुरुमा आफुलाई तेरो श्रीमान् खोई भन्दै आयो ? जिवछीले भनिन्–‘‘त्यतीकैमा छिमेकीहरुसँगै नजिकैमा भएको भोज खाएर फर्किदै गरेको आफ्ना श्रीमान् तेतर मंडललाई देखेपछि प्रहरी माछा किन नल्याइदिएको भन्दै कुट्न् थाल्नुभयो, मैले मेरो श्रीमान्लाई किन कुट्नु हुन्छ भन्दा उल्टै आफुलाई समेत प्रहरीले निर्घात कुटपिट ग¥यो ।” प्रहरीले आफ्नै घर अगाडी कुटपिट गर्दै श्रीमान्लाई पक्राउ गरि लगेको जिवछीले दुखेसो सुनाईन् । कुटपिटबाट जिवछीको हात, खुट्टा र टाउकोमा चोट लागेको छ ।
गाउँको चौकीदारको रुपमा समेत काम गर्दै आएका आफ्ना श्रीमान्सँग सो प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक(सई)ले पटक पटक गरी तीन पटक माछा मागेर लगेको बताउँदै जिवछीले भनिन्–‘‘ करिब १० दिनअघि पनि प्रहरीले माछा मागेको थियो, माछा नदिएको झोकमा प्रहरीहरुले कुटपिट गर्नुको साथै पक्राउ गरेको श्रीमान्लाई ल्यायो ।” यस सम्बन्धमा बिहीवार इलाका प्रहरी कार्यालय हनुमाननगरमा उजुरी दिन जाँदा उजुरी लिन अस्वीकार गरेको उनले गुनासो गरिन् ।
यता को. बसाईन प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक टिका बहादुर राउतले आफुहरुमाथि लगाइएको आरोप निराधार रहेको बताउनुभएको छ । माछा मागेको आरोप झुठो हो राउतले भने–‘‘ जाँड खाएर मातेका तेतर मण्डल लगायतका ५÷६ जनाको समुहले हो हल्ला गरिरहेका बेला सम्झाउन खोज्दाँ आफुहरुमाथि हातपात गरेकाले मण्डललाई पक्राउ गरेको हौ, त्यस्तो माछाको बिषय नै होईन् ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/16 मापदण्ड विपरीत सञ्चालनमा रहेका विद्यालयको संख्या एक दर्जन भन्दा बढी
- 2082/02/16 चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डमा लेखी नियुक्त
- 2082/02/16 पैत्रिक सम्पतीबाट दुई कट्ठा जग्गा आश्रमका लागि दान दिएका छु ः मन्त्री लेखी
- 2082/02/16 चार पटकको शिलान्यासपछि राजविराज बसपार्कको उद्घाटन
- 2082/02/16 गणतन्त्रलाई संस्थागत गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्नेमा जोड
- 2082/02/16 मधेश प्रदेशमा एक दर्जन प्रेस स्वतन्त्रता सेनानी सम्मानित
- 2082/02/16 ओमशान्ति मिडियाले दुई पत्रिका बजारमा ल्याउँदै
- 2082/02/14 रावि नपाको गाडीको ठक्करबाट घाइते भएका किशोरको उपचार खर्चको माग गर्दै धर्ना
- 2082/02/14 सडक निर्माणको माग गर्दै सडक जाम
- 2082/02/14 गणतन्त्र स्थापनापछी मुलुकका सम्पूर्ण नागरिकहरु अधिकार सम्पन्न भएका छन् ः मधेश प्रदेशका संचारमन्त्री लेखी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ