News Category 2075/08/27
गाँजा र लागु औषधसहित तीन पक्राउ, गाँजाका बोट नष्ट
दैनिक समाचारदाता
राजविराज, २७ मंसिर ।
सर्लाही र सिरहा प्रहरीले छुट्टाछुट्टै स्थानबाट तीन जनालाई गाँजा र लागु औषधसहित पक्राउ गरेको छ भने महोत्तरीमा झण्डै ५ सय गाँजाका बोटहरु नष्ट गरिएको छ ।
प्रहरीले सर्लाहीको हरिवन नगरपालिका ९ स्थित पुर्व पश्चिम लोकमार्गमा गोप्य सुचनाको आधारमा प्रहरी चेकिङ टोलीले हरिवन नगरपालिका ३ सासापुर निवासी ३० वर्षिय मान बहादुर घिसिङलाई ४ किलो २०० ग्राम गाँजासहित पक्राउ गरेको हो ।
बा ५० प ७५५ नम्वरको पल्सर मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा झोलामा लुकाई छिपाई राखेको लागु औषध गाँजा ४ किलो २०० ग्राम फेला परेकोले मोटरसाईकल र घिसिङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको प्रदेश प्रहरी कार्यालय प्रदेश २ का प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दान बहादुर थापाले जानकारी दिएका छन् ।
यस्तै सिरहा नगरपालिका १७ स्थित नेपाल भारत सिमाना दश गज्जा क्षेत्रबाट प्रहरीले चेकिङ गर्दा भारतबाट नेपाल तर्फ आउदै गरेका स्थानीय खिरौना बस्ने १६ वर्षिय नन्दु यादवलाई नाईट्रोभेट ४५ थान ट्याबलेट र सिरहाकै मिर्चैया नगरपालिका ५ बस्ने १६ वर्षीय कृष्ण कुमार यादवलाई नाईट्रोभेट ४५ थान ट्याबलेटसहित पक्राउ गरेको जनाइएको छ ।
यता दुबै घटनामा संलग्न तीनै जनालाई प्रहरीले अनुसन्धान गरिरहेको प्रदेश प्रहरीले जनाएको छ । यस्तै महोत्तरीको बर्दिबास नगरपालिका १० र ११ को विभिन्न स्थानमा २ कठ्ठा जग्गामा लगाईएको ५ सय अवैध गाँजाका बोटहरु फडानी गरि नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ