News Category 2070/10/12
निजी विद्यालयहरुको योगदानलाई राज्यले सम्मान गर्न सकेन् ः अध्यक्ष राणा
राजविराज÷एनप्याबसनका केन्द्रिय अध्यक्ष तथा सभासद् गिता राणा क्षेत्रीले नीजि विद्यालयहरुले शैक्षिक जनशक्ति उत्पादनका लागि पु¥याएको योगदानलाई राज्यले सम्मान गर्न नसकेको बताउनु भएको छ ।
एनप्यावसन सप्तरीको चौथो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्नुहुँदै अध्यक्ष राणाले नीजि विद्यालयहरुले नेपाली र अंग्रेजी दुबै भाषामा अध्ययन अध्यापन मार्फत शैक्षिक जनशक्ति उत्पादन गर्दै आएकाले त्यसको बिरोधले कुनै असर नपार्ने बताउनुभयो ।
बेला बेलामा नीजि विद्यालयले विद्यार्थीहरुको परीक्षा लिँदै आएको र नतिजा पनि राम्रो आउँदै गएको प्रति नीजि विद्यालयप्रति अभिभावकहरुको चासो बढ्नु स्वभाविक भएको बताउनुहुँदै अध्यक्ष राणाले निजी बिद्यालयको योदानलाई राज्यले सम्मान गर्न नसकेको प्रति दुख ब्यक्त गर्नुभयो ।
नीजि विद्यालयको तुलनामा सरकारी विद्यालयहरुले त्यस अनुरुप गुणस्तरिय शिक्षा दिन नसकेपछि नीजि विद्यालयले चर्को शुल्क लिएर शिक्षा दिइरहेको आरोपको खण्डन समेत गर्नुभयो । न्यूनतम शुल्क लिएर पनि गुणस्तरिय शिक्षा दिइरहेकोले नीजि विद्यालयप्रति आकर्षण बढेको उहाँको कथन छ ।
एनप्याबसनका जिल्ला अध्यक्ष बैकु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारी, एनप्यावसनका वरिष्ठ उपाध्यक्ष जगदीश ओली, राष्ट्रिय उपाध्यक्ष पाण्डव हमाल ठकुरी, महासचिव जितुराज सापकोटा, महिला सचिव कुस्मिला आचार्य, शिक्षक युनियनका जिल्ला अध्यक्ष भवेन्द्र यादव, प्यावसन सप्तरी अध्यक्ष पंचदेव यादव लगायतका बक्ताहरुले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ