News Category 2070/10/12
निजी विद्यालयहरुको योगदानलाई राज्यले सम्मान गर्न सकेन् ः अध्यक्ष राणा
राजविराज÷एनप्याबसनका केन्द्रिय अध्यक्ष तथा सभासद् गिता राणा क्षेत्रीले नीजि विद्यालयहरुले शैक्षिक जनशक्ति उत्पादनका लागि पु¥याएको योगदानलाई राज्यले सम्मान गर्न नसकेको बताउनु भएको छ ।
एनप्यावसन सप्तरीको चौथो जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्नुहुँदै अध्यक्ष राणाले नीजि विद्यालयहरुले नेपाली र अंग्रेजी दुबै भाषामा अध्ययन अध्यापन मार्फत शैक्षिक जनशक्ति उत्पादन गर्दै आएकाले त्यसको बिरोधले कुनै असर नपार्ने बताउनुभयो ।
बेला बेलामा नीजि विद्यालयले विद्यार्थीहरुको परीक्षा लिँदै आएको र नतिजा पनि राम्रो आउँदै गएको प्रति नीजि विद्यालयप्रति अभिभावकहरुको चासो बढ्नु स्वभाविक भएको बताउनुहुँदै अध्यक्ष राणाले निजी बिद्यालयको योदानलाई राज्यले सम्मान गर्न नसकेको प्रति दुख ब्यक्त गर्नुभयो ।
नीजि विद्यालयको तुलनामा सरकारी विद्यालयहरुले त्यस अनुरुप गुणस्तरिय शिक्षा दिन नसकेपछि नीजि विद्यालयले चर्को शुल्क लिएर शिक्षा दिइरहेको आरोपको खण्डन समेत गर्नुभयो । न्यूनतम शुल्क लिएर पनि गुणस्तरिय शिक्षा दिइरहेकोले नीजि विद्यालयप्रति आकर्षण बढेको उहाँको कथन छ ।
एनप्याबसनका जिल्ला अध्यक्ष बैकु साहको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारी, एनप्यावसनका वरिष्ठ उपाध्यक्ष जगदीश ओली, राष्ट्रिय उपाध्यक्ष पाण्डव हमाल ठकुरी, महासचिव जितुराज सापकोटा, महिला सचिव कुस्मिला आचार्य, शिक्षक युनियनका जिल्ला अध्यक्ष भवेन्द्र यादव, प्यावसन सप्तरी अध्यक्ष पंचदेव यादव लगायतका बक्ताहरुले बोल्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ