News Category 2070/10/13
सप्तरी उद्योग बाणिज्य संघको महासचिवमा साह बिजयी
दैनिक संवाददाता
राजविराज, १२ माघ ।
आफ्ना चार जना प्रतिष्पर्धाहरुलाई उछिन्दै सप्तरी उद्योग बाणिज्य संघको महासचिवमा अनन्त लाल साह निर्वाचित भएको छ ।
आइतवार सम्पन्न मतपरिणाम अनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी बिश्वनाथ दासलाई ८९ मत अन्तरले पराजित गर्दै साहले बिजयी हासिल गरेका हुन् । नवनिर्वाचित साहले ३ सय ३५ मत ल्याएका छन् भने उहाँका निकटतम प्रतिद्वन्द्वी दासले २ सय ४६ मत प्राप्त गर्नुभयो ।
यस्तै महासचिव पदका प्रत्यासी दिपेन्द्र कुमार दासले १ सय ५०, भोगेन्द्र मिश्रले ७० तथा सतिश कुमार सिंहले १७ मत प्राप्त गरेको प्रमुख निर्वाचन आयुक्त अशोक कुमार चौधरीले जानकारी दिनुभयो ।
यस्तै कार्यसमितिको ६ जना सदस्यहरुमा ४ सय ४० मत ल्याएर निर्मल कुमार मुन्धडा, ३ सय ४८ मत प्राप्त गरी संजय कुमार यादव, ३ सय ४१ मत प्राप्त गरी अभिषेक कावरा, संजय कुमार दास ३ सय २० मत ल्याएर, ३ सय १९ मत ल्याएर रमेश कुमार साह र २ सय ७० मत ल्याएर सन्तोष भगत बिजयी हुनुभएको प्रमुख आयुक्त चौधरीले बताउनुभयो ।
यस्तै सदस्य पदका प्रत्यासीहरु अनवर दफालीले १ सय ७५, अनिलकुमार पेडिवालले २ सय ९, प्रभात कुमार ललनले १ सय ८३, बिनोद कुमार साफीले १ सय ५६, नेत्र बिक्रम साहले १ सय ५२, अभिषेक दासले १ सय ७६, देवराम प्रसाद यादवले ८७, बैधनाथ यादवले १ सय ६८, तेजनारायण यादवले ४७, शिबनारायण साहले १ सय ६५, सन्तोष कुमार साहले १ सय ७१, राजेश कुमार गुप्ताले २ सय ३० र शंकर चौधरीले १ सय ५ मत ल्याएको निर्वाचन समितिले जनाएको छ ।
कुल १ हजार ४ सय १९ जना मतदाता रहेकोमा शनिवार भएको मतदानमा ८ सय ६५ जना मतदाताले मतदान गरेको थियो ।
यसअघि नै संघको अध्यक्षमा अरुण कुमार प्रधान, उद्योग उपाध्यक्षमा शंकर कुमार दास, बाणिज्य उपाध्यक्षमा गौरी शंकर साह, सचिवमा कैलाश दास, कोषाध्यक्षमा गुलामउदीब उज्जमा खाँ, सहकोषाध्यक्षमा प्रमोद कावरा र महिला सदस्यमा गिता कोइराला निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ