News Category 2075/12/03
स्वतन्त्र मधेश गठबन्धनको राष्ट्रिय परिषद्को बैठक सुरु
दैनिक समाचारदाता
सिरहा, ३ चैत ।
सरकारसँग ११ बुँदे सहमति पश्चात् पहिलो पटक डा. सीके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनको आइतबार सिरहाको लहानमा राष्ट्रिय परिषद्को बैठक सुरु भएको छ ।
सो सहमति पश्चात् मूलधारको राजनीतिमा प्रवेश गरेको गठबन्धनको बैठकमा मधेशका २२ जिल्लाबाट २ सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागि भएको गठबन्धनका नेता सुदीपराज कुशवाहाले जानकारी दिएका छन् ।
लहान नगरपालिका वडा नम्बर ७ स्थित मारवाडी सेवा सदनमा आइतबार बिहान ११ बजेदेखि शुरु बैठकको सुरुवात नेपालको राष्ट्रिय गानबाट गरिएको थियो । राष्ट्रिय गान बजाइएपछि संयोजक डा. राउतले दीप प्रज्जवलन गर्दै स्वं राममनोहर यादवको तस्विरमा माल्यार्पण गरेका थिए ।
यता बैठकमा सहभागि हुन आएका गठबन्धनका नेताहरुलाई परिचयपत्रको रुपमा नागरिकता देखाएपछि बिना मोबाइल बैठकस्थलमा प्रवेश दिइएको थियो ।
बैठकबाट गठबन्धनको आगामी राणनीति तय गर्न गम्भीररुपमा बहस चल्ने भएकाले मोबाइल निषेध गरिएको कुशवाहाले जनाए ।
यस बैठकमा सरकारसँग भएको ११ बुँदे सहमतिमा उल्लेखित ‘जनअभिमत’ शब्दमाथि कडारुपमा बसह भइरहेको स्रोतले जनाएको छ । बैठक सोमबारसम्म चल्ने आयोजकले जनाएको छ ।
यसैबीच बैठक सुरु भएसँगै संयोजक राउतले आफ्नो फेसबुक पेजबाट केही बैठकका तस्विरहरु सार्वजनिक गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ