News Category 2070/10/19

बसपार्कको जग्गा अतिक्रमण हु“दै

दैनिक समाचारदाता


नवीनकुमार गुप्ता
राजविराज÷निर्माण भएको लामो समय सम्म पनि राजविराजस्थित बसपार्कबाट बसहरु सञ्चालन नहुदाँ बस पार्क गौचरणमा परिणत हुनुका साथै जग्गा अतिक्रमण समेत भएको छ । 
बसपार्कबाटै बसहरु सञ्चालन गरी राजविराजलाई व्यवस्थित नगरको रुपमा विकास गर्ने राजविराज नगरपालिकाको उद्देश्य अहिलेसम्म मात्र कागजमै सिमित रहेको छ । 
निर्माण भएको एक दशक भन्दा बढी समयदेखी बन्द रहेको राजविराजस्थित राजदेबी बसपार्क हालसम्म पनि सूचारु हुन नसक्दाँ निर्माण भएका भौतिक पुर्वाधारहरु जिर्ण बन्दै गएको छ । यता बसपार्कमा गाई भैसीहरुको चरण स्थल बन्दै गएको छ भने केही भाग अतिक्रमण समेत भएको छ ।  
वि.स. २०५६ सालमा निर्माण भएको बस पार्कबाट अहिले सम्म एउटा पनि बस सञ्चालन हुन सकेको छैन् । राजविराज नरपालिकाको स्वामित्वभित्र रहेको उक्त बसपार्कबाट २०७० साउन १ गतेबाट बस संचालन हुने राजविराज नगरपालिकाले व्यापक प्रचार गरेपनि हालसम्म कुनै कार्य हुन सकेको छैन् । 
भौतिक पुर्वाधारको पुर्ण निर्माण नगरी नगरपालिकाले साउन १ बाट बसपार्क संचालन गर्ने भनिएपनि अन्तिम समयमा तयारी बाँकी रहेको भन्दै जनतालाई ढाट्ने काम गरेको नगरबासीहरुको गुनासो छ । 
बसपार्कमा निर्माण भएको शौचालय प्रयोगमा आउन नसक्दाँ जिर्ण भई हावाहुरीले शौचालयको छाना उडाएको छ भने यात्रुप्रतिक्षालय र बस टर्मिनल पनि जिर्ण बन्दै गएको स्थानियबासीहरुको भनाई छ । शौचालय निर्माणका लागि नगरपालिकाले रु. ५ लाख खर्च गरेको थियो । 
एकातिर निर्माण भएको पुर्वाधारहरु जिर्ण बन्दै गएको छ भने शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय राजविराजद्वारा बसपार्कमा निर्माण भईरहेको टिकट काउन्टर, यात्रुप्रतिक्षालय र शौचालय लगायतको भौतिक पुर्वाधारको काम सम्पन्न भएको छ ।
बसपार्क सञ्चालनमा आउन नसक्दा बसपार्कको जग्गा अतिक्रमण समेत हुन थालेपनि त्यसतर्फ सम्बन्धित निकायले कुनै ध्यान नदिएको स्थानियबासीहरुले आरोप लगाएका छन् । 
स्थानीय संचारकर्मी चन्दन यादव भन्नुहुन्छ–‘‘ नगरपालिकाको लापरवाहीका कारण बसपार्क अभिभावक बिहिन भएको छ भने बसपार्कका जग्गाहरुमा अतिक्रमण गरी छाप्रोहरु निर्माण हुन थालेको छ ।” आफूहरु स्थानीयहरुवासीको नाताले पटक पटक राजविराज नगरपालिकालाई बस पार्क संचालनका लागि लिखित तथा मौखिक जानकारी दिदा समेत नगरपालिकाले कुनै ध्यान नदिएको यादवले गुनासो पोख्नुभयो । 
करिब डेढ करोड मुल्य बराबरको १ बिघा १९ धुर जग्गामा अवस्थित बसपार्कबाट बस सञ्चालन हुन नसक्दाँ घाँस उम्रेको छ । 
बस पार्क संचालनका लागि नगरपालिकाले बर्षेनी केही न केही बजेट छुट्टयाउँदै आएपनि नगरपालिकाले छुट्टयाउँदै आएको बजेट बसपार्कको भौतिक निर्माणको लागि नभई  बस पार्कमा उम्रेको घाँस उखाल्नका लागि मात्र खर्च हुने गरेको नगरपालिका श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

ताजा अपडेट