News Category 2070/10/23
९ गाविसको मात्र प्रथम चौमासिक गाविस अनुदान रकम निकासा
दैनिक संवाददाता
राजविराज, २२ माघ ।
सप्तरी जिल्लाको ९ गाविसको मात्र प्रथम चौमासिक गाविस अनुदान रकम निकासा भएको छ ।
जिल्लाको १ सय १४ गाविस मध्ये २५ वटा गाविसले प्रथम चौमासिक गाविस अनुदान रकम निकासाका लागि दिएको निवेदन मध्ये ९ गाविसको आवश्यक कागजात तथा प्रक्रिया मिलेकोले रकम निकास भएको जिल्ला विकास समिति सप्तरीका सूचना सहायक गौतम चौधरीले जानकारी दिनुभयो ।
यसरी रकम निकासा भएका गाविसहरुमा बरमझिया, सकरपुरा, मलहनमा, देउरी भरुवा, लोहजरा, भारदह, फत्तेपुर, जगतपुर र भंगहा रहेका छन् ।
९ वटै गाविसको प्रथम चौमासिक रकम ३८ लाख १९ हजार ८ सय निकासा भएको सूचना सहायक चौधरीले बताउनुभयो ।
बाँकी रहेका गाविसले माघ मसान्त भित्र प्रथम चौमासिक गाविस अनुदान रकम माग नगरे ती गाविसले प्रथम चौमासिक रकम नपाउने उहाँले बताउनुभयो ।
यता पुस मसान्तसम्म गाविस परिषद् सम्पन्न गराउनु पर्ने प्रावधान रहेकोमा हालसम्म १ सय ५ गाविसले मात्र परिषद् सम्पन्न भएको लिखित पत्र जिविस सप्तरीमा दिएको उहाँले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा पनि गाविस सचिवहरुले विकासीय बजेट र सामाजिक सुरक्षा वापतको बजेटमा ब्यापक अनियमितता गरेको भन्दै गाविस सचिव र प्राविधिक सहायकविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा परेको थियो । पुस मसान्तभित्र परिष्द नगरेका गाविसहरुले विकासीय बजेटको ४० प्रतिशत अनुदान कट्टा हुने नियम छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ