News Category 2070/10/24
तिलाठीमा अन्तराष्ट्रिय कुस्ती खेल सुरु
दैनिक संवाददाता
राजविराज, २३ माघ ।
हराउँदै गएको कुस्ती खेललाई पुनःजागरण गर्ने उद्देश्यले सप्तरीमा बिहीबारदेखी दुई दिने अन्तराष्ट्रिय खुल्ला कुस्ती प्रतियोगिता सुरु भएको छ ।
बसन्त पञ्चमी तथा शहिद दिवसको अवसरमा सप्तरीको तिलाठी गाविसमा बिहीबारदेखी दुई दिने अन्तराष्ट्रिय खुल्ला कुस्ती प्रतियोगिता सुरु भएको हो ।
शहिद साकेत पार्क व्यवस्थापन समिति तथा जिल्ला कुस्ती संघको समन्वयमा सुरु भएको प्रतियोगितामा भारत र नेपालका पुरुष तथा महिला कुस्ती खेलाडीहरुको सहभागिता रहेको छ ।
बिहीबार सम्पन्न प्रतियोगितामा बारा जिल्लाका पहलवान सुनिल कुमार साहले पर्साका जादुलाललाई पराजित गरे भने अर्को खेलमा पर्साका फजिलले रौतहटका मुकेश ठाकुरलाई पराजित गरे । त्यसैगरि भारतको हाजिपुरका लक्ष्मण बाबाले दिल्लीका मोनुलाई पराजित गरे ।
यसैगरि बिहीबारै सम्पन्न महिला तर्फको खेलमा भारतको दिल्ली निवासी नेहाले भारतको हरियाणाकी सोनुलाई पराजित गरिन् ।
सो कुस्ती प्रतियोगितामा नेपालसँगै भारतको हरियाणा, उत्तर प्रदेश, दिल्ली सहितका ठाउँवाट पहलावनहरुले सहभागिता रहको छ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेवि संघका पूर्व केन्द्रिय अध्यक्ष विश्व प्रकाश शर्माले सहिद साकेत चन्द मिश्रलाई नेपाली काँग्रेसको नेतृत्वमा बन्न लागेको सरकारले सहिदको दर्जा दिने उद्घोष गर्नुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ