News Category 2070/10/26
दुर्घटनामा ज्यान गुमाएका दाम्पत्तिका तीनजना छोराछोरीलाई निःशुल्क शिक्षा दिने
राजविराज÷सडक दुर्घटनामा ज्यान गुमाएका सप्तरीको नकटी रायपुर गाविसका राजकुमार यादव र निजकी श्रीमती शिलादेवी यादवकी तीन जना सन्तानलाई ललितपुरको थापा गाउँस्थित संग्रिला आर्फानेहोमले निःशुल्क पालन पोषणसहित पढाउने भएको छ ।
मृतकका सात जना सन्तानहरु मध्ये ७ बर्षीया निर्मला यादव, ६ बर्षीया पुष्पा यादव र ५ बर्षीय कृष्णा यादवलाई जिल्ला बाल कल्याण समिति सप्तरीको पहलमा सो सन्तानले पालन पोषण सहित उचित शिक्षा दिलाउने भएको महिला तथा बालबालिका कार्यालय सप्तरीका प्रमुख शुशिला चौधरीले जानकारी दिनुभयो ।
यसअघि सातजना टुहुरा बालबालिकाहरुलाई काठमाण्डौको धापासी ग्रिनल्याण्ड निवासी माया शेर्पा सहयोग स्वरुप नगद रु. ५० हजार, मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका सभासद् डा. बाबुराम पोखरेलले नगद रु. ३० हजार सहयोग प्रदान गर्नुभएको थियोे ।
यस्तै मृतक यादव दम्पतिलाई ठक्कर दिने मोटरसाईकल चालक बिराटनगर उपमहानगरपालिका ११ निवासी शंकर बस्नेतले मृतका सातजना सन्तानको लालनपालन र शिक्षाका लागि नगद रु. ३ लाख ५० हजार सहयोग प्रदान गरेको थियो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रायपुर गाविस ८ अन्तरगत रुपनीस्थित खाँडो खोलामा ना.२०प. ६५६४ नम्बरको मोटरसाइकलले सप्तरीको रायपुर गाविस ६ निवासी ३२ वर्षिय राजकुमार यादव र उनकी २५ वर्षिया श्रीमती शिलादेवी यादव सवार साइकललाई ठक्कर दिदाँ पुस २० गते उनीहरुको मृत्यु भएपछि निजका सात जना सन्तानहरुको कन्तबिजोक भएको समाचार सार्वजनिक भएपछि उक्त संस्थाले निजको तीन जना सन्तालाई पालन पोषण र शिक्षा दिलाउने भएको हो ।
यता स्थानियहरुको सहयोगमा टुहुरा बालबालिकाहरुलाई सहयोगार्थ रकम जुटाउन राजविराजस्थित सनराइज बैंकमा खाता खोलिएको छ ।
मृतक यादवकी जेठी छोरी दुर्गा यादव र माइली छोरी दिपिकाको नाम खोलिएको उक्त बैंकको खाता नम्बर ०२४१०२३३६८९०१८ मा सहयोग स्वरुपको रकम जम्मा गरिदिन सबैसँग पीडित परिवारले आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ