News Category 2070/10/27
नाबालिकालाई जवर्जस्ती करणी गरेको आरोप लागेका चौधरी तारेखमा रिहा
दैनिक संवाददाता
राजविराज, २६ माघ ।
जवर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सप्तरीको सितापुर गाविसका एक युवकलाई पुनराबेदन अदालत राजविराजले साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ ।
१२ बर्षीया बालिकालाई जवर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत राजविराजको आदेशमा पुर्पक्षका लागि थुनामा रहेको सितापुर गाविस–१ निवासी नागेन्द्र कुमार चौधरीलाई पुनराबेदन अदालत राजविराजले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो ।
पुनराबेद अदालत राजविराजका न्यायाधिश बलराम बिष्ट र मोहन बहादुर कार्कीको संयुक्त इजलाशले पीडित नाबालिकाको यौनाङ्गमा कुनै चोटपटक नदेखिएको तथा प्रतिवादी चौधरीले घटनामा संलग्नता अस्वीकार गर्दै वारदातको समयमा बिरामी भई बीर अस्पताल काठमाण्डौमा उपचाररत रहेको भनि अस्पतालको डिस्चार्ज टिकट समेत पेश गरेकोले जिल्ला अदालत राजविराजले पुर्पक्षमा राख्न दिएको आदेश बदर गरी साधारण तारेखमा रिहा गर्न आदेश पुनराबेदन अदालतले जनाएको छ ।
यही २०७० मंसीर २७ गते जिल्ला अदालत राजविराजले पुर्पक्षका लागि चौधरीलाई थुनामा पठाउन दिएको आदेश नमिलेको भन्दै पुनराबेदन अदालतले बुझदै जाँदा पछि ठहरे बमोजिम हुने गरी चौधरीलाई साधारण तारेखमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको आदेशमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ