News Category 2070/10/28
प्रहरीद्वारा चोरीमा संलग्न सात जना पक्राउ
दैनिक संवाददाता
राजविराज, २७ माघ ।
सदरमुकाम राजविराज लगायत सप्तरी जिल्लाको बिभिन्न स्थानमा चोरीको घटनाहरुमा संलग्न रहेका सात जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ ।
सप्तरीको बक्धुवा गाविस–९ निवासी २४ बर्षीय दिपक परियार, सोही ठाउँका १९ बर्षीय बिनय परियार, राजविराज नगरपालिका–७ निवासी १९ बर्षीय अरबिन्द कुमार सदा, सोही ठाउँका १९ बर्षीय मो. आलम, राजविराज–३ निवासी २४ बर्षीय मो. अहमद मियाँ, राजविराज–१० निवासी लल्कु कुमार यादव र फर्सैठ–८ निवासी लक्ष्मण प्रसाद यादवलाई चोरीको आरोपमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
राजविराज नगरपालिका–८ निवासी सुर्य प्रसाद यादवको घरमा चोरी गर्न गएको अवस्थामा मो. अहमद मियाँ, ट्याक्टरको ब्याट्री चोरी गरी लगेको अवस्थामा सदा र मो. आलमलाई, राजविराज–५ स्थित कञ्चनपुर रोडमा रहेको मोबाईल पसलको ताला फुटाउन लागेको अवस्थामा लक्ष्मण यादव र लल्कु यादवलाई तथा बक्धुवा गाविस–९ निवासी पबित्रा आचार्य लगायतको घरको मुल ढोका फुटाएर समान चोर्न लागकेको अवस्थामा परियारद्वयलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुको साथबाट दुई वटा ग्याँस सिलिण्डर, एउटा ग्याँस चुल्हा, स.४प. ३८८१ नम्बरको मोटरसाईकल बरामद गरिएको प्रहरी उपरिक्षक अमात्यले बताउनुभयो । समानसहित चोरीमा संलग्नहरु पक्राउ परेपनि जसको घरमा चोरी भएको हो ती ब्यक्तिले जाहेरी नदिदाँ चोरहरु सामान्य जरिवाना तिरेर रिहा हुने गरेको अमात्यले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ