News Category 2070/10/28
प्रहरीद्वारा चोरीमा संलग्न सात जना पक्राउ
दैनिक संवाददाता
राजविराज, २७ माघ ।
सदरमुकाम राजविराज लगायत सप्तरी जिल्लाको बिभिन्न स्थानमा चोरीको घटनाहरुमा संलग्न रहेका सात जनालाई प्रहरीले पत्रकार सम्मेलन गरी सोमबार सार्वजनिक गरेको छ ।
सप्तरीको बक्धुवा गाविस–९ निवासी २४ बर्षीय दिपक परियार, सोही ठाउँका १९ बर्षीय बिनय परियार, राजविराज नगरपालिका–७ निवासी १९ बर्षीय अरबिन्द कुमार सदा, सोही ठाउँका १९ बर्षीय मो. आलम, राजविराज–३ निवासी २४ बर्षीय मो. अहमद मियाँ, राजविराज–१० निवासी लल्कु कुमार यादव र फर्सैठ–८ निवासी लक्ष्मण प्रसाद यादवलाई चोरीको आरोपमा पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो ।
राजविराज नगरपालिका–८ निवासी सुर्य प्रसाद यादवको घरमा चोरी गर्न गएको अवस्थामा मो. अहमद मियाँ, ट्याक्टरको ब्याट्री चोरी गरी लगेको अवस्थामा सदा र मो. आलमलाई, राजविराज–५ स्थित कञ्चनपुर रोडमा रहेको मोबाईल पसलको ताला फुटाउन लागेको अवस्थामा लक्ष्मण यादव र लल्कु यादवलाई तथा बक्धुवा गाविस–९ निवासी पबित्रा आचार्य लगायतको घरको मुल ढोका फुटाएर समान चोर्न लागकेको अवस्थामा परियारद्वयलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुको साथबाट दुई वटा ग्याँस सिलिण्डर, एउटा ग्याँस चुल्हा, स.४प. ३८८१ नम्बरको मोटरसाईकल बरामद गरिएको प्रहरी उपरिक्षक अमात्यले बताउनुभयो । समानसहित चोरीमा संलग्नहरु पक्राउ परेपनि जसको घरमा चोरी भएको हो ती ब्यक्तिले जाहेरी नदिदाँ चोरहरु सामान्य जरिवाना तिरेर रिहा हुने गरेको अमात्यले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ