News Category 2070/11/02
खानेपानी उपभोक्ता समितीलाई सरसफाइ सम्बन्धी तालिम
दैनिक संवाददाता राजविराज, १ फागुन । जिल्ला खानेपानी तथा सरसफाइ समन्व्य समिती सप्तरीले तिलाठी गाविसका खानेपानी उपभोक्त समितीका पदाधिकारीहरुलाई बिहीबार खानेपानी तथा सरसफाइ सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । तिलाठी खानेपानी उपभोक्ता समितिका अध्यक्ष सतिसचन्द्र मिश्रको अध्यक्षतामा तथा जिल्ला खानेपानी तथा सरसफाइ समन्व्य समितिका सदस्य सचिव एवं जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख राजकुमार यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा वक्ताहरुले तिलाठी गाविसलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि स्थानीयहरुबाट सहयोग हुने प्रतिवद्धता व्यक्ति गरिएको थियो । सो कार्यक्रममा स्थानीय ४० जना उपभोक्ता समितिका पदाधिकारीलगायत नेपाली कांग्रेस तिलाठी गाउ समितिका देव नारायण यादव, गाविस कार्यालयका प्राविधिक मिथिलेश झा, गाविस सरसफाइ समन्वय समितीका सदस्य भोगेन्द्र मिश्र तथा प्रशिक्षक अशोक साहको उपस्थिति रहेको थियो । कार्यक्रमको प्रशिक्षण सबल नेपालका अशोक साह एवं राजविराज नगरपालीकाका केवल दासले गर्नु भएको थियो भने कार्यक्रम संचालन परमेश्वर झा तथा स्वागत मन्तव्य आसुतोष झाले गर्नु भएको थियो । मंसीर ८ गते जिल्ला खानेपानी तथा सरसफाइ समन्व्य समितिले पारित गरेको जिल्ला रणनीतिक योजना अनुरुप गाविस अन्तर्गत रहेका हरेक सरोकारवाला समुह, व्यक्ति, समिती, क्लव आदिलाई सरसफाइ सम्बन्धी तालिम दिइ उनीहरुलाई खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्नका लागि परिचालन गरिने योजना रहेको छ । सप्तरी जिल्लालाई सन् २०१६ सम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ