News Category 2070/11/05
१० हजार २० किलो सुपारी प्रहरीको नियन्त्रणमा
दैनिक संवाददाता
राजविराज, ४ फागुन ।
सप्तरी प्रहरीले सुपारी तस्करी नियन्त्रणमा लिने चलाएको अभियान अन्तरगत एक महिनामा ट्रक, ट्रयाक्टर, मोटरसाइकल र साइकलसहित २ सय ९४ बोरा सुपारी नियन्त्रणमा लिएको छ ।
पछिल्लो पटक शनिबार राति नेपालबाट भारततर्फ अवैध तरिकाबाट लैजादै गरेको ट्रकसहित १० हजार २० किलो सुपारी सप्तरी प्रहरीले जिल्लाको बनैनिया गाविसबाट नियन्त्रणमा लिएको छ ।
सप्तरीको बनैनिया गाविस २ स्थित सडकखण्डमा रोकिरहेको ना. १ ख. ३३११ नम्बरको ट्रकमा लोड गरि भारततर्फ लैजादै गरेको अवस्थामा शनिबार राती करिब ११ बजेतिर १ सय ६७ बोरामा रहेको सो मात्राको सुपारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक दिनेश अमात्यले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार बिहान आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक अमात्यले सुपारी तस्करी नियन्त्रणका लागि चलाएको अभियान अन्तरगत नियन्त्रणमा लिइएको १ सय ६७ बोरा सुपारीको मुल्य ११ लाख २ हजार २ सय रहेको जानकारी दिनुभयो ।
प्रत्येक बोरामा ६० केजीको दरले जम्मा १० हजार २० केजी सुपारी रहेको जानकारी दिदै प्रहरी उपरिक्षक अमात्यले नियन्त्रणमा लिएको ट्रक र सुपारीलाई आवश्यक कार्वाहीका लागि आइतबारै तिलाठीस्थित राजविराज भन्सार कार्यालयमा बुझाइएको जानकारी दिनुभयो ।
यता एक महिना भित्र सप्तरी प्रहरीले जिल्लाको विभिन्न नाका हुँदै अवैध तरिकाबाट भारत तर्फ लैजादै गरेको एक ट्रयाक्टरसहित ५२ बोरा, एक बैलगाडासहित ३९ बोरा, बेवारिसे राखिएको ३० बोरा र पाँच साइकल तथा एक मोटरसाइकलसहित ६ बोरा सुपारी नियन्त्रणमा लिई भन्सार पठाइसकेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ