News Category 2076/08/29

दाइजो कुप्रथा मानव सभ्यताको क्यानसर सिद्ध हुदै 

दैनिक समाचारदाता

दाइजो कुप्रथा मानव सभ्यताको क्यानसर सिद्ध हुदै 

अमरनाथ मण्डल
    मानव सभ्यता र संस्कृतिको आफ्नै मुल मान्यता र पहिचान हुन्छ । हरेक  क्षेत्र समुदाय देश र राज्यमा ठाउँ अनुसार नै आफ्नो संस्कृतिको विकासको शुरुवात हुन्छ । नेपालको मधेश क्षेत्र अर्थात मिथिला क्षेत्र विश्वको संस्कृतिमा आफ्नो पहिचान र छाप छोड्न सफल भईरहेको देखिन्छ भने मधेश र मिथिलाको पहिचान रहन सहन भेषभुषा र मर्यादित अनुसाशासन तथा संस्कृतिको स्थान विश्वमा नै उदाहरणीय बनेका छन् । नेपालको मिथिला क्षेत्र गौतमबुद्ध र राजाजनक तथा माता सिताको आस्था र निष्ठाको धरोहरले हामी विश्वको मानचित्रमा आफ्नो पहिचान छोड्न फल भएका छन् । मैथिली संस्कृतिको संस्कृति पहिचानले गर्दा मिथिलाको गौरव दिन प्रतिदिन बढिरहेको छ । तर हाम्रा बिच सामाजिक न्यायको भित्र एउटा ठूलो अभिसाफको रुपमा दाइो प्रथाको रुपमा ठूलो क्यान्सर उत्पादन भई हाम्रा संस्कृतिहरु माथि ठूलो प्रहार गरिरहेका छन् । 
    नेपालको मधेश मात्र होइन अधिकांश जातजाति भाषाभाषी तथा समुदायहरुमा दाइजो प्रथाको विकृति बढ्दै गईरहेको अवस्थामा मधेशमा ब्राह्मण मण्डल, यादव, क्याथ, ब्यास, दास कथबनियाँ, साह, तेली, जातीहरुमा दाइजो प्रथाको विकराल रुप देखिन्छ । अहिले वैवाहिक सम्बन्धको समय मंसिर देखि वैशाख सम्म बढि रुपमा विवाह सम्बन्ध हुने गरेको अवस्थामा पशुतुल्य खरिद बिक्री गर्ने परम्पराले गर्दा दाइजो प्रथाको कारणले गर्दा घरेलु हिंसा पारिवारिक तथा सामाजिक बेमनुष्यताको सुरवात भई ठूलो महामारी प्रहार गरी विश्वको नम्बर १ संस्कृति धरोहर बोकेका मिथिला तथा मधेशी क्षेत्र आफैमा यस्ता सामाजिक कुरुतिहरुको प्रकोप खेप्नु परेको छ । 
    दाइजो प्रथाले एक अर्कासँग वैवाहिक सम्बन्धमा ठूलो ह्रास स्थितिको सिर्जना गरिन्छ भने एक पक्ष अर्थात बेहुली पक्षको आर्थिक क्षति लगायत बेहुलीको पारिवारिक मानसिक तनावबाट गुज्रन स्थितिको सिर्जना हुन्छ । वैवाहिक सम्बन्ध पति पत्नीको बिचमा जिवन साथीको परिभाषालाई सार्थक सिद्ध गर्छ भने एक अर्काको दुःखसुख र हरेक क्षेत्रमा साथ दिने अनेकौ वाचाको सिद्धान्त बोकी निष्ठा र इमान्दारितापूर्वक वैवाहिक दम्पतीको जीवनलाई खुशीको साथ शुरुवात गर्न हरेक व्यक्तिको स्वयत अधिकार रहेकोमा अवस्थामा दाइजो प्रथा र कुरुतीबाट आपसी मनमोटाव तथा सम्बन्धमा ठूलो विभेदको सिर्जना हुन्छ । त्यति मात्र नभई अहिले शिक्षाको स्तर दिन प्रतिदिन बढिरहेको अवस्थामा छोरा छोरीको सम्मान अधिकार कानुनी राज्यबाट अनमोदित भई आमा बुवाको छोराछोरी दुवै बराबरीको हक अधिकार सिर्जित हुन्छ । यस्तो अवस्थामा पारिवारिक हिंसा र द्वन्तलाई दाइजो प्रथाले ठूलो कुरुती अपनाई महामारी फैलाई परिवारलार्य ठूलो फुटको दायरा पुगाउन दाइजो प्रथा सार्थक सिद्ध हुन्छ । 
    अहिले नेपालको कानुन अनुसार दाइजो लिनु अपराध सिद्ध हुन्छ भने सामाजिक रुपमा दाइजोलाई नराम्रो ठूलो अपराधको रुपमा लिने गरिन्छ । अहिले सम्बन्ध विच्छेदका मुद्दाहरु अधिकांश चलिरहेका बेला पारिवारिक विभेदीकरणको सिकार बन्न दाइजो प्रथाले सहायक भुमिका खेलिरहेको देखिन्छ । नेपालको मधेश क्षेत्र अर्थात मिथिला क्षेत्रमा बढेलेखेको छोराछोरीलाई वैवाहिक सम्बन्धको बिचमा सम्बन्धलाई सिर्जित गर्ने अनेकौं रुपहरु देखा परिरहेका छन् । कतिपय शिक्षित परिवारले दाइजो प्रथालाई वेवास्ता गरी छोराछोरी शिक्षित भएका अवस्थामा सम्बन्धलाई गाँस्नको लागि स्वहार्दपूर्ण वातावरणको सिर्जना गर्न विना दाइजोको विहे पनि गरी गराई कतिपय उदाहरण सिद्ध गरेका छन् । छोरी जन्मिने बित्तिकै विवाहको पिर बोकेका अभिभावकहरुले अमानसिकतामा परिवर्तनको अभियान नै चलाएको देखिन्छ । छोरी जन्जिमने बित्तिकै छोरीलाई डा., इन्जिनीयर तथा शिक्षित बनाउने तिर बढि ध्यान देखिएको कारण मेडिकल कलेज र इन्जिनिरिङ्ग कलेजहरुमा छात्रछात्राहरुको संख्या बराबरको हराहामा पुगिरहेका छन् । शिक्षित परिवारले शिक्षालाई मेन आधार बनाई छोराछोरी दुवैलाई सम्मान शिक्षा ग्रहण गर्न आफ्नो भए भरको सम्पत्ती खर्च गर्ने गरेको देखिन्छ । जसको कारण दाइजो प्रथा ह्रास हुने अवस्थामा पुगेको पनि विज्ञहरुको अनुमान गरिन्छ । तर अहिले पनि मधेशका क्षेत्रमा दाइजो प्रथाको महामारी त्यति नै प्रलय रुपमा देखिन्छ भने जसको स्वरुपबाट सधैं सुखको अनुभुति नभई दुःखको अनुभुति हुने गरिएको अवस्था सिर्जना हुन्छ । 
    अहिलेको परिस्थितिमा वर्तमान अवस्थामा हेर्दा खेरी यो प्रथा र कुरुतीलाई सबै मिलि निरुसाहित गरी जातजाति भन्दा माथि उठि शिक्षा र स्तर मिलेका संस्कृति र भाषा मिलेका मन र भावना मिलेका परिवारसँग स्वहार्दपूर्ण वातावरण वैवाहिक सम्बन्ध सिर्जनाको पहल गर्नुपर्ने बौद्धिक वर्गहरुमा अभियानको रुपमा संचालन गर्ने अवस्थाको सिर्जना हुनुपर्छ । 
    अन्तरजातीय वैवाहिक परम्परालाई कानुनी मान्यता पाएपनि सामाजिक र पारिवारिक मान्यता नपाएको कारण पनि जातजाति बिचमा नै विवाह सम्बन्धलाई बढी प्रोत्साहित हुने गरेको अवस्थामा दाइो प्रथा बढेको अनुमान गर्न थालिएका छन् । छोरालाई पढाएको खर्च वापत दाइजो लिने जुन मनमस्ष्तिकमा छाएका कुरुतीलाई अन्त्य गर्न अवस्थाको सिर्जना हुनुपर्ने देखिँछ । छोरा जस्तै छोरीलाई शिक्षित बनाई शिक्षित बुहारी घर भित्र्याउने र घर परिवारलाई शान्तिको अनुभुतिको सिर्जना गर्न अनुपम खुशको अनुभुति हुन्छ । यस्तो अवस्थामा दाइजो प्रथालाई प्रोत्साहन नगरी निरुतसाहित गर्नुपर्ने आप्mनो ठाउँबाट नै आफ्नै परिवारबाट नै अभियानको रुपमा संचालन गर्नुपर्ने अवस्थ्को सिर्जना हुनुपर्ने देखिन्छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट