News Category 2076/10/12
झुम्कालाई मेयर कपको उपाधी
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिका ८ पोखरीयास्थित खेलमैदानमा आइतबार सम्पन्न मेयरकप २०७६ फुटबल प्रतियोगिताको फाइनल खेलमा त्रियुगा स्पोर्टस क्लब फत्तेपुर सप्तरीलाई पराजित गर्दै रामधुनी स्पोर्टस क्लब झुम्का सुनसरीले उपाधी हात पारेको छ ।
फाईनलमा त्रियुगा स्पोर्टस क्लब फतेपुर सप्तरीलाई टाईब्रेकरमा चारका बिरुद्ध पाँच गोल अन्तरले पराजित गर्दै झुम्का सुनसरीले सो उपाधी हात पारेको हो । खेलको निर्धारित समयमा कुनै टीमबाट गोल हुन नकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिएको थियो ।
उपाधीसँगै झुम्काले नगद ५५ हजार नगद तथा शिल्ड हात परेको छ भने फत्तेपुरले ४५ हजार पाएको छ । यता प्रतियोगिताको उत्कृष्ट खेलाडी फत्तेपुरका सम्युन राई घोषित भए ।
प्रतियोगिता पश्चात् आयोजित पुरस्कार बितरण कार्यक्रममा प्रदेशसभा सदस्य मोहम्मद समिम, शम्भुनाथ नगरपालिकाका प्रमुख योगेन्द्र प्रसाद चौधरी, उपप्रमुख कविता कुमार चौधरी, प्रमुख प्रशासकीय अधिकृत मातृका दंगाल, आयोजक खेलकुद समितिका अध्यक्ष धनिकलाल चौधरी लगायतले पुरस्कार तथा प्रमाणपत्र बितरण गरेका थिए ।
शम्भुनाथ नगरपालिकाको सहयोगमा संयासी युवा क्लब पोखरीयाद्वारा पुस २७ गतेदेखि सञ्चालित प्रतियोगितामा सप्तरी, सिरहा, महोत्तरी, उदयपुर, सुनसरी र मोरंगका बिभिन्न १४ क्लबको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ