News Category 2078/06/25
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका
दैनिक समाचारदाता
राजविराज, २४ असोज ।
सप्तरीको सुरुङ्गा नगरपालिका बैज्ञानिक गाउँ कार्यक्रम लागु भएको मुलुककै दोश्रो पालिका भएको छ ।
स्थानिय कृषक र जनप्रतिनिधिको चासो तथा सम्भाव्यता अध्ययनपछि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले दोश्रो पालिकाको रुपमा सुरुङ्गा नगरपालिकाको चयन गरेको हो ।
नास्टका वरिष्ठ बैज्ञानिक अधिकृत डा. जयकान्त राउतले यसअघि उक्त कार्यक्रम गोरखा जिल्लाको सिरान चौक गाउँपालिकामा मात्र लागु भएको आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
बैज्ञानिक गाउँ कार्यक्रमका संयोजक समेत रहेका डा. राउतले यस भेगका किसान र जनप्रतिनिधिले देखाएको चासो र स्थलगत अध्ययनपछि मुलुककै दोश्रो पालिकाको रुपमा सुरुङ्गा नगरपालिकालाई चयन गरिएको बताए ।
कार्यक्रम अन्तरगत स्थानियस्तरमा उत्पादन बृद्धिका लागि च्याउको बिऊ उत्पादन प्रयोगशाला समेत स्थापना गरि गतिविधी सुरु गरिएको छ । उक्त नगरपालिकाको वडा नं. ३ मा स्थापना गरिएको प्रयोगशालामा ९ लाख ८८ हजार ४ सय ६७ रुँपैयाको बैज्ञानिक उपकरण र औजारसमेत जडान गरि काम सुरु गरिएको नाष्टका प्रशासकीय अधिकृत दिलिपकुमार श्रीवास्तवले जानकारी दिए ।
कार्यक्रम पुर्ण संचालनका लागि नास्टले ६० प्रतिशत र सुरुङ्गा नगरपालिकाले ४० प्रतिशत लगानी गर्ने सम्झौता भएको मेयर मुक्तिनाथ चौधरीले जानकारी दिए ।
कार्यक्रममा सहभागि हुने कृषकका लागि नाष्टका प्रशिक्षक सुमन महर्जनको नेतृत्वमा प्रशिक्षण कार्य समेत सुरु गरिएको वडा अध्यक्ष रुद्र बहादुर कार्कीले बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ