News Category 2071/04/21
अपाङ्गता भएका व्यक्तिहरुको समेत घटना दर्ता अभियान शिविर संचालन हुने
दैनिक संवाददाता
राजविराज, २० साउन ।
सप्तरी सामुदायिक विकास केन्द्रको आयोजना तथा सपोर्ट नेपालको सहयोगमा संचालित समावेशी, जवाफदेहि तथा पूर्णशान्तिको लागि सहयोग कार्यक्रम अन्तरगत जन्म दर्ता अभियान बारे मंगलबार जिल्ला स्तरिय समन्वय समितिको बैठक सम्पन्न भएको छ ।
निमित्त स्थानिय विकास अधिकारी किशोर प्रसाद साहको प्रमुख आतिथ्य तथा जिल्ला स्तरिय समन्वय समितिका संयोजक मनोहर पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकमा वक्ताहरुले जन्म दर्ता अभियान शिवरबाट जिल्लाको ५ गाविसमा ६ सय ६३ जना बालबालिकाको जन्म दर्ता गरिएको कार्य अत्यन्त सहनिय रहेको बताएका छन् ।
११ दिनको सो अभियान शिविरमा उक्त संख्यामा भएको जन्म दर्ताले गाविसका जनताहरुमा उत्साह थपिएको तथा आगामी दिनमा पुनः यस्ता शिविरहरु संचालन गरेर घटना दर्ता गरिने सप्तरी सामुदायिक विकास केन्द्र नेपालका अध्यक्ष शम्भुनन्द चौधरीले जानकारी दिनुभयो ।
उहाँले चाडै नै जन्म दर्ता अभियान शिविर सम्पन्न भएका गाविसहरु बेल्ही चपेना, गम्हरिया प्रवाह, पत्थरगाडा, अर्नाह र ब्रहमपुरमा अपाङ्गता भएका व्यक्तिहरुको समेत घटना दर्ता अभियान शिविर संचालन गर्ने उद्घोष गर्नुभयो ।
सो कार्यक्रममा अभियान संचालन भएका गाविसका सचिव, रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डल, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतका वक्ताहरुले यस्ता अभियानले जिल्लामा घटना दर्ताका तथ्याङ्क संकलन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । सम्पन्न कार्यक्रमको संचालन कार्यक्रमका संयोजक राजेश झाले गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ