News Category 2078/12/12
दुर्घटनामा गम्भिर घाइते भएका खंगको रकम अभावमा उपचार रोकियो
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
दश दिनअघि राजविराज–रुपनी सडक खण्डको रायपुरमा दुर्घटनामा परि गम्भिर घाइते भएका राजविराज ९ मलेठका ३३ वर्षिय रामकुमार खंगको उपचारमा रकम अभाव भएपछि अस्पतालले उनको उपचार रोकेको छ ।
हाल उनको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनी सवार मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठोकिदा खंग गम्भिर घाइते भएका थिए ।
सो दुर्घटनामा साइकल सवार रुपनी गाउँपालिका ३ निवासी ३८ वर्षि जितेन्द्र मण्डल पनि गम्भिर घाइते भए । मण्डलको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
टाउँको र अनुहारमा गहिरो चोट लागेका खंगको उपचारमा हालसम्म तीन लाख ८४ हजार रुँपैया सकिएको पत्नी रामरतिले बताइन् । हालसम्मको उपचार खर्चको १ लाख ४४ हजारको बिल तिर्न बाँकी नै छ । अस्पतालले बाँकी १ लाख ४४ हजार र थप उपचारका लागि २ लाखको जोहो गर्न भनेपछि पत्नी रामरति तनावमा रहेकी छिन् ।
आइसियुमा राखेर उपचार भइरहेका उनको दैनिक उपचार खर्च बढ्दै गएपछि समस्यामा परेको सुनाउँदै उनले अहिलेसम्मम त ऋण साप्टीबाट काम चलाइयो अब त्यो उपाय पनि रहेन् । स्थानिय एक रात्री बसमा खलासी (सहचालक) को काम उनी गर्दै आएका थिए ।
यसैबीच उपचार खर्चको अभावमा समस्यामा परेका खंगलाई बचाउन शनिबार स्थानिय समाजसेवी राजविराज नगरपालिका ९ निवासी रामजी यादवले पहल थालेका छन् । २५ हजार रुँपैया सहयोग गरेका उनले थप खर्च जुटाउन सहयोग संकलन अभियान थालेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ