News Category 2078/12/12
दुर्घटनामा गम्भिर घाइते भएका खंगको रकम अभावमा उपचार रोकियो
दैनिक समाचारदाता
राजविराज, १२ चैत ।
दश दिनअघि राजविराज–रुपनी सडक खण्डको रायपुरमा दुर्घटनामा परि गम्भिर घाइते भएका राजविराज ९ मलेठका ३३ वर्षिय रामकुमार खंगको उपचारमा रकम अभाव भएपछि अस्पतालले उनको उपचार रोकेको छ ।
हाल उनको बिराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । उनी सवार मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको साइकल एक आपसमा ठोकिदा खंग गम्भिर घाइते भएका थिए ।
सो दुर्घटनामा साइकल सवार रुपनी गाउँपालिका ३ निवासी ३८ वर्षि जितेन्द्र मण्डल पनि गम्भिर घाइते भए । मण्डलको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
टाउँको र अनुहारमा गहिरो चोट लागेका खंगको उपचारमा हालसम्म तीन लाख ८४ हजार रुँपैया सकिएको पत्नी रामरतिले बताइन् । हालसम्मको उपचार खर्चको १ लाख ४४ हजारको बिल तिर्न बाँकी नै छ । अस्पतालले बाँकी १ लाख ४४ हजार र थप उपचारका लागि २ लाखको जोहो गर्न भनेपछि पत्नी रामरति तनावमा रहेकी छिन् ।
आइसियुमा राखेर उपचार भइरहेका उनको दैनिक उपचार खर्च बढ्दै गएपछि समस्यामा परेको सुनाउँदै उनले अहिलेसम्मम त ऋण साप्टीबाट काम चलाइयो अब त्यो उपाय पनि रहेन् । स्थानिय एक रात्री बसमा खलासी (सहचालक) को काम उनी गर्दै आएका थिए ।
यसैबीच उपचार खर्चको अभावमा समस्यामा परेका खंगलाई बचाउन शनिबार स्थानिय समाजसेवी राजविराज नगरपालिका ९ निवासी रामजी यादवले पहल थालेका छन् । २५ हजार रुँपैया सहयोग गरेका उनले थप खर्च जुटाउन सहयोग संकलन अभियान थालेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ