News Category 2079/03/07
बहुविवाहका फरार आरोपी पाँच वर्ष पछि कान्छी श्रीमतीसहित पक्राउ
दैनिक समाचारदाता
राजविराज, ७ असार ।
बहुविवाहका फरार आरोपी पाँच वर्षपछि कान्छी श्रीमतीसहित पक्राउ परेका छन् ।
दोश्रो विवाह गरेको आरोपमा अदालतबाट कैद सजाय ठहर भई फरार रहेका सिरहा जिल्ला वस्तीपुर ९ घर भई हाल सप्तरीको सुरुङ्गा नगरपालिका ३ मा वसोवास गर्दै आएका जलेश्वर यादव र मन्जु देवी छन् । उनीहरुलाई ंमंगलवार दिउँसो प्रहरीले वसोवास स्थल नजिकैबाट पक्राउ गरेको हो ।
श्रीमानले दोश्रो विहे गरेको र आफुलाई सम्पुर्ण अधिकारबाट बञ्चित गरी विचल्ली बनाएको भन्दै पीडित जेठी श्रीमती आशिया देवी यादव न्यायका लागी प्रहरी हुदै अदालतसम्म पुगेकी थिइन ।
२०७३ जेठ २ गते उक्त बहुविवाह मुदा उपर सुनवाई गर्दै सप्तरी जिल्ला अदालतले जलेश्वर र मन्जुलाई जनही १ वर्ष कैद र ५ हजार जरिवानको फैसला गरेको थियो ।
त्यसपछि जलेश्वर कान्छि श्रीमतीसहित फरार भएका थिए । पक्राउ परेका दुबै जनालाई मंगलवार नै अदालतमा उपस्थित गराउँदा आदेश अनुसार कैद सजाय भृुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/18 सप्तरीबाट एसईईमा ९ हजार २ सय ७६ विद्यार्थी सहभागी हुँदै
- 2082/12/18 सडक स्तरोन्नती तथा सौन्दर्यीकणका लागि भौतिक संरचना भत्काउन सुरु
- 2082/12/18 चैते धानबालीको उत्पादनमा वृद्धि हुने
- 2082/12/18 आजदेखि एसईई परीक्षा, परीक्षा मर्यादित होस्
- 2082/12/17 काजमा रहेका पाँच चिकित्सक गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता
- 2082/12/16 पत्रकार महासंघको स्थापना दिवसमा कान शिविर सम्पन्न
- 2082/12/16 काँग्रेसका पुराना नेता १ सय ९ वर्षिय टुनटुनको निधन
- 2082/12/16 लागुऔषध र मोटरसाइकलसहित चार युवक पक्राउ
- 2082/12/15 राजरंगशालाको प्रवेशद्वार र प्यारापिट अतिजिर्ण
- 2082/12/15 नेकपा एमाले सप्तरीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ