News Category 2079/03/22
मिटरब्याजी रामदेव साहका छोराछोरी जेल चलान
दैनिक समाचारदाता
राजविराज, २२ असार ।
जिल्ला अदालत सप्तरीले ठगी तथा आपराधिक विश्वासघात मुद्दाका दुई अभियुक्तलाई बुधबार पूर्पक्षका लागि जेल चलान गरेको छ ।
जिल्ला न्यायाधिश सुर्यनाथ प्रकाश अधिकारीको इजलासले मिटरब्याजी प्रकरण अन्तर्गत सो मुद्दाका सप्तरीको खडक नगरपालिका ७ कल्याणपुर निवासी नन्दकिशोर साह र अनुराधा साहलाई जेल चलान गरिएको हो । साहद्वय दाजु–बहिनी हुन् ।
अघिल्लो दिन मंगलबार दुवैको वयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक वहस भएको थियो । वहस सकिएपछि साह दाजु बहिनीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको सप्तरी जिल्ला अदालतका श्रेष्तेदार कुमार मास्केले जानकारी दिएका छन् ।
ठगी तथा अपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त मानिएका रामदेव साह भने अझैं फरार छन् । साह दाजु बहिनीका बुवा समेत रहेका रामदेवको भने खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले बताए ।
साह परिवारमाथि जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय व्यक्तिले लिएको ऋण र व्याज चुक्ता गरिसकेपनि धिँतो फिर्ता नगरेको आरोप छ । पीडितहरुको उजुरीको आधारमा उनीहरु उपर ठगी तथा अपराधिक विश्वासघात मुद्दा चलाइएको प्रहरीको भनाई छ ।
पीडितहरुको तर्फबाट प्रदेश कानून अधिकृत समेत रहेकी अधिवक्ता किरणकुमारी साह, अधिवक्ताहरु समिम अख्तिर, भरत यादव, महेन्द्र साह, सुरेन्द्र साह तथा आरोपित प्रतिवादीहरुको तर्फबाट अधिवक्ता बालकिशोर यादव, अशोक चौधरी, कृष्णकुमार केशी लगायतका कानून व्यवसायीले वहस पैरबी गरेका थिए ।
यता, ठगी तथा अपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका दाजु बहिनीको थुन छेक बहस भइरहदा अदालतको मुल ढोकामा बुधवार पनि साह परिवारको मिटरब्याजबाट पीडितहरुले दिनभर प्रदर्शन र नाराबाजी गरेका थिए । अदालतबाट साह परिवारलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको खबर आउनासाथ उनीहरु खुशी भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ