News Category 2071/07/22
जिल्ला समितिले एकपक्षिय निर्णय ग¥यो ः फोरम क्षेत्रिय अध्यक्षहरु
दैनिक संवाददाता
राजविराज, २१ कात्तिक ।
मधेशी जनअधिकार फोरम नेपाल सप्तरी क्षेत्र नं. १ देखी ५ का क्षेत्रिय अध्यक्ष तथा उपाध्यक्षहरुले जिल्ला अध्यक्ष दिनेश कुमार यादवले एक लौटीढंगले निर्वाचित क्षेत्रिय समिति तथा भातृ संगठनहरुलाई विघटन गरेको आरोप लगाएका छन् ।
सप्तरी क्षेत्र नं. १ का अध्यक्ष प्रशुराम यादव, २ का सिताराम यादव, ३ का नवनित झा, ४ का उपाध्यक्ष सुनिलकुमार साह र ५ का अध्यक्ष मो. ऐयुव राइनद्वारा शुक्रबार जारि संयुक्त हस्ताक्षरित विज्ञप्तिमा सो आरोप लगाइएको छ ।
जारि विज्ञप्तिमा कात्तिक १७ गते सप्तरीको डिमन गाविसमा चन्द्र नारायण यादवको घरमा जिल्ला अध्यक्षको अध्यक्षतामा बसेको एकपक्षिय बैठकले क्षेत्रिय तथा भातृ संगठन विघटन गर्ने निर्णय गरेको दाबी गरिएको छ । सोही विषयलाई लिएर कात्तिक १९ गते पार्टी कार्यालयमा आक्रोसित विद्यार्थीहरुले तोडफोड गरेको घटनाप्रति विज्ञप्ति मार्फत दुःख समेत व्यक्त गरिएको छ ।
यस्तै विज्ञप्तिमा वर्तमान अवस्थामा पार्टी मोर्चावद्ध भई आन्दोलन गरिरहेको अवस्थामा जिल्ला समितिले विवादलाई पार्टी भित्रै संगठनको अहित निर्णय गरेको उल्लेख छ । विवादलाई सबैपक्षसँग वास्तविक कुरा बुझि पार्टी भित्र एकरुपता गरि पार्टी संगठनलाई मजबुत बनाउनुका साथै मोर्चाको आन्दोलन समेतमा बलपुग्ने हिसाबले नेतृत्व वर्गलाई अविलम्ब पहल गर्न माग गरिएको छ ।
यसैगरि गरि विज्ञप्ति मार्फत विघटनको निर्णय फिर्ता लिई पार्टी भित्रको विवादलाई पार्टी भित्रै समाधान खोज्न केन्द्रिय तथा जिल्ला समितिलाई आग्रह गर्दै सो आग्रहलाई वेवास्ता गरिए पार्टी विद्यानको अधिनमा रहि विरोधमा जानु पर्ने बाध्य हुने उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ