News Category 2071/07/24
सचिव रिहाईको माग गर्दै नागरिकता सिफारिस बन्द गरिदा सेवाग्रहीहरु समस्यामा
दैनिक संवाददाता
राजविराज, २३ कात्तिक ।
थुनामा रहेका गाविस सचिव नन्दी यादवको रिहाईको माँग गर्दै सप्तरीका सम्पुर्ण गाविस सचिवहरुले नागरिकता सिफारिस बन्द गरेपछि सेवाग्राहीहरु समस्यामा परेका छन ।
गाविस सचिवलाई पक्राउ गरेको भन्दै गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालले समस्या समाधान नभएसम्म सम्पुर्ण जिल्ला कार्य समितिले नागरिकताको सिफारिस कार्य बन्द गरेपछि जिल्लाका हजारौ सेवाग्राहीहरु नागरिकता बनाउँनबाट बञ्चित भएका हुन ।
गाविसले नागरिकताको लागि सिफारिस नगरेका कारण अति आवश्यकत कामले नागरिकता बनाउँनु परेकाले बनाउन नपाएकोमा सेवाग्राहीहरुले आक्रोश ब्यक्त गरेका छन ।
यता गाविस सचिवले नागरिकताको लागि सिफारिस गर्न विगत तीन दिनदेखि छाडेपछि अहिले जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने सेवाग्राहीहरुको ह्वातै संख्यामा कमि आएको कार्यालय नागरिकता फाँटका नायब सुब्बा बिनोद कुमार यादवले बताउनुभयो । सेवाग्राहीहरु नआउँदा नारिकता फाँट सुनसान भएको उहाँको भनाई छ ।
यता गाविस सचिव हकहित संरक्षण केन्द्र नेपालले हाल थुनामा रहेका गाविस सचिव नन्दी यादवलाई तुरुन्तै २४ घण्टा भित्र थुनामुक्त गर्नुपर्ने, नेपाल सरकार मन्त्री परिषद कार्यालयमा गृहमन्त्रालयका तर्फबाट नागरिकता प्रमाणपत्र नियमावलीमा अनुसुची १ संशोधनका लागि पेश भएको पेश भएको प्रस्ताव तुरुन्त स्वीकृत गर्नुपर्ने र नागरिकता प्रमाणपत्र एनेमा संशोधन गरी निजामती कर्मचारीको लागि विभागिय कारबाही गरिने व्यवस्था कायम गर्नुपर्ने लगायतका माँगहरु अघि सारेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
- 2082/12/01 श्रोत नखुलेको रकमसहित एक पक्राउ
- 2082/11/28 निर्वाचन प्रहरीलाई प्रमाण पत्र प्रदानसहित बिदाई
- 2082/11/28 नाबालिका माथी ६८ वर्षिय बृद्धद्वारा यौन दुव्र्यबहार
- 2082/11/28 दलित कृषकलाई बीउबिजन र कृषि सामग्री वितरण
- 2082/11/27 सप्तरीमा प्रत्यक्ष र समानुपातिकतर्फ दुबैमा रास्वपा नै पहिलो, दुबै प्रणालीतर्फ ३५ हजार ६ सय ९३ मत बदर
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ