News Category 2071/07/24
बर्षाैदेखि जिर्ण सडकका कारण सर्वसाधारणहरुलाई आवत जावतमा समस्या
शुभ नारायण यादव
राजविराज, २३ कात्तिक ।
सप्तरीको राजविराज कुनौली सडक खण्डको करिब दुई किलोमिटर सडक निमार्ण नहुदाँ त्यस भेगका स्थानीयबासीहरुलाई आवत जावतमा समस्या भईरहेको छ ।
समान्य बर्षामा पनि हिलोमय हुने सो सडक खण्डको तिलाठीदेखि कुनौली बोर्डरसम्म अर्थात करिब दुई किलो मिटर सम्मको सडक बर्षौदेखि जिर्ण हुदाँ त्यस भेगका विभिन्न गाविसका सयौ सर्वसाधारणहरुलाई दिनहुँ सदरमुकाम राजविराज तथा छिमेकी भारत जानमा समस्या भईरहेका छन ।
सप्तरी सदरमुकाम राजविराजदेखि करिब १२ कलिोमिटर दक्षिणमा अवस्थित लौनिया, तिलाठी, सकरपुरा, रम्पुरा मल्हनिया लगायत छिमेकी मुलुक भारतका सयौं स्थानीयबासीहरुलाई दिनहुँ सदरमुकाम राजविराज तथा भारतको विभिन्न स्थान आवत जावतमा समस्या उत्पन्न हुने गरेको छ ।
सो सडक मर्मत सम्भार हुन नसकेका कारण समान्य वर्षा हुदाँ पनि सदरमुकाम राजविराज आउन त्यस भेगका स्थानीयबासीहरुलाई २५ किलोमिटर टाढा हनुमाननगर भएर आउँनुपरेको रम्पुरा मल्हनिया गाविस ४ का उमेश कुमार यादवले बताउनुभयो ।
बर्षौदेखि सो सडक जिर्ण हुदाँ त्यस भेगका स्थानीयबासीका साथै उक्त सडक भएर दिनहुँ आवत जावत गर्ने करिब एक दर्जन टेम्पोलाई सदरमुकाम राजविराज आवत जावतमा समस्या उत्पन्न हुने गरेको टेम्पो चालकहरुको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/12 सप्तरीकी गिता चौधरी स्थानीय तहका महिला जनप्रतिनिधि प्रेरणादायी सूचीमा पर्न सफल
- 2082/05/12 करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ