News Category 2079/08/21
लैङ्गिक हिंसा बिरूद्ध ¥याली
दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
लैङ्गिक हिंसा बिरूद्धको १६ दिने अभियान अन्तर्गत बुधबार राजविराजमा प्लेकार्डसहित ¥याली निकालिएको छ । सो ¥याली नगर परिक्रमा गर्दै अन्तरक्रिया कार्यक्रममा परिणत भएको थियो ।
आसमान नेपालको संयोजनमा तथा मूल समारोह समितिको आयोजनामा लैङ्गिक हिंसाको अवस्था र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रमका वक्ताहरुले हिंसा अन्त्यका लागि घरबाटै अभियान सुरू गर्नुपर्ने बताएका छन् । कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहर पोखरेलले सबै तह, क्षेत्र र संरचनामा लैङ्गिकमैत्री वातावरणको निर्माण गरिनु पर्नेमा जोड दिँदै समृद्ध समाजका लागि समान अग्रसरता र नेतृत्वदायी भूमिका जरुरी रहेको र त्यस्का लागि मानसिकता परिवर्तन हुनुपर्ने बताए ।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले महिला हिंसा अन्त्यको लागि घरबाटै छोरा र छोरीबीचको विभेदको अन्त्य गर्नु पर्ने बताए । उनले सामाजिक सुरक्षालाई विशेष महत्व दिएर समानता कायम गर्नु पर्ने धारणा राखे ।
आसमान नेपालका रेणु सिंहको अध्यक्षता र शान्ता सिंहको स्वागत पछि सुरु भएको कार्यक्रममा राजविराज नगरपालिकाकी अनिता चौधरी, सामुदायिक सेवा केन्द्रका सचिव संजय शर्मा, सहयोगी समाजका रामप्रकाश चौधरी, मिलाफकी अध्यक्ष रमिला साह, थारु महिला समन्वय समतिका अध्यक्ष चन्द्रकला चौधरी, प्याब्सन मधेस प्रदेशकी उपाध्यक्ष रिभा मिश्रले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा लैङ्गिक हिंसा बिरूद्ध अभियानमा संलग्न अधिकारकर्मीहरुलाई आसमान नेपालले सम्मान समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/17 तिलाठी कोइलाडी सप्तरीको पाँचौ बाल विबाहमुक्त पालिका
- 2082/09/17 इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई
- 2082/09/17 “बाबा” को पुस्तक किनेरै पढ्ने रुची
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ