News Category 2079/10/08
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै

दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
सरकारले धानको समर्थन मुल्य तोकेपनि किसानहरुले उक्त मुल्य नपाएपछि मर्कामा परेका छन् । सरकारले धानको समर्थन मुल्य ३ हजार १ सय २८ रुँपैया तोके पनि उक्त मुल्यमा किसानहरुले धान बिक्रि गर्न नपाउँदा मर्कामा परेका हुन् ।
विचौलियाहरुले एक महिना अघि सस्तो मुल्यमा धान खरिद गरि धानको कृत्रिम अभाव सृर्जना गरेका छन् । किसानबाट बिचौलियाहरुले २ हजार ३ सय देखि २ हजार ५ सय सम्म प्रति क्विन्टलका दरले धान खारिद गर्दै आएका छन् । विचौलियाहरुले हाल धानको मुल्यमा २५ प्रतिशत सम्म बढाएर वेच्न थालेका छन् ।
धानमा व्यापक चलखेल गरी मुल्य बढाएको भन्दै यहाँका उपभोक्ता, किसान लगायतका सरोकारवालाले गुनासो गर्न थालेका छन् । एक महिना अघि सरकारले ३ हजार १ सय २८ रुपैया समर्थन मुल्य कायम गरी नेपाल खाद्य संस्थान मार्फत खरिद गर्ने व्यवस्था मिलाएको थियो । तर सप्तरीका किसानहरुले आफ्नो जिल्लामा सरकारले तोकेको समर्थन मुल्य अनुसार धान बिक्रि गर्न पाएका छैनन् । जिल्लामा एउटा पनि सरकारी खाद्य संस्थान छैन् ।
यहाँका किसानहरु आफुले उब्जाएकार धान बिक्रि गर्न सिरहाको लहानस्थित खाद्य संस्थान पुग्नु पर्ने बाध्यता रहेको छ । यता एक साता सम्म धान खरिद गरेपछि लक्ष्य पुरा भएको भन्दै संस्थानले धान खरिद गर्न बन्द गरेपछी किसानहरुले मुल्य घटाएर २ हजार ३ सय देखि २ हजार ५ सय सम्म प्रति क्विन्टलका दरले केही मिलवाला तथा धानका व्यापारीलाई विक्री गर्न बाध्य भएका छन् ।
यति वेला धान किसानको हातबाट तीनै व्यापारी तथा मिलवालाहरुको हातमा गईसकेका कारण उनीहरुले मनपर्दी मुल्य निर्धारण गरी बेच्न थालेका हुन । अहिले बजारमा ३ हजार १ सय देखी ३ हजार २ सय प्रति क्विन्टल धानको मुल्य कायम गरी झण्डै २५ प्रतिशत सम्म मुल्य बढाइएको छ ।
एक महिना अघि सम्म सोना स्टिम चामल बजारमा प्रति केजी ४० रुपैया थियो भने अहिले ५२ रुपैया पुगेको छ । त्यस्तै ६५ रुपैया प्रति केजी पाईने जिरा चामल अहिले ८२ रुपैया प्रति केजी पुगेको राजविराज ४ का उपभोक्ता धनवीर साहले गुनासो पोखे ।
सप्तरी उधोग बाणिज्य संघका अध्यक्ष लालु् प्रसाद अग्रवालले धानमा भईरहेको कालोबजारी र मनपरी मुल्य बेलैमा नियन्त्रण नगरे धान चामलको मुल्य चाडै नै थप आकाशिएर जाने बताउँछन् । उनले कोटा पुरा भएको भन्दै खाद्य संस्थानले थोरै समयमा धान खरिद कार्य बन्द गर्दा किसानहरु विचौलियाको चुंगलमा परेको र अर्काे तर्फ उपभोक्ताले चर्काे मुल्यमा धान, चामल किन्नु पर्ने अवस्था आएको प्रतिक्रिया दिएका छन् ।
सप्तरीमा कुल ६६ हजार १ सय ६२ हेक्टर क्षेत्रफल जग्गामा धान खेती हुन्छ । यस पल्ट कुल क्षेत्रफल खेतीयोग्य जग्गामा गरी ८१ प्रतिशत धान खेती भई कुल १ लाख ९८ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/31 सबै जुटे सरसफाईमा
- 2082/05/31 जनप्रतिनिधि र कर्मचारीकोे तलब भत्ताबाट राष्ट्र पुनर्निमाण कोषमा ५ लाख ५१ हजार
- 2082/05/31 मैथिल महिलाद्वारा श्रद्धाञ्जली व्यक्त
- 2082/05/30 प्रमुख प्रशासकीय अधिकृत अनुभवी नरहेको भन्दै कावा नगरप्रमुखले मन्त्रालयलाई लेखे पत्र
- 2082/05/30 फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने
- 2082/05/30 डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ